आज चैत २ गते गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका
काठमाडौं । आज चैत २ गते गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि चैत ४ गते बुक क्लोज गर्ने भएको छ । चैत ३ गते फागुपूर्णिमा (होली) को सार्वजनिक बिदा भएकाले लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नु पर्नेछ । बैंकले गत वर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर वितरण गर्दैछ ।
बैंकले सहारा विकास बैंकलाई प्राप्ति पश्चात कायम चुक्ता पुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँबाट बोनस सेयर घोषणा गरेको हो ।
यसमा कात्तिक २८ गतेसम्म कायम सेयरधनीलाई कर छुट हुने बैंकले जनाएको छ भने त्यसपछि सेयर खरिद गर्ने लगानीकर्ताले नियमअनुसार कर तिर्नुपर्छ ।
बैंकको साधारण सभा चैत १८ गते शुक्रबार बस्दैछ । सभा होटल पोखरा ग्राण्ड पोखरामा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।




















