citizens life insurance long ad

फक्स न्यूजका दुई पत्रकारको रुस र युक्रेनबीचको युद्धको क्रममा मृत्यु

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी। फक्स न्यूजका लागि काम गर्ने दुई जना पत्रकार रुस युक्रेन युद्धको समाचार संकलनका क्रममा रहेका युक्रेनमा मृत्यु भएको छ ।

युक्रेनको राजधानी​ किभको बाहिरी भागस्थित होरेन्कामा उनीहरु सवार गाडीमा गोलाबारी हुँदा ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की र २४ वर्षीया ओलेक्सान्ड्रा कुभ्सिनोभाको मृत्यु भएको हो ।

यसअघि उनीहरुका सहकर्मी ३९ वर्षीय बेन्जामिन हल घाइते भएका थिए भने उनको अस्पतालमा उपचार भईरहेको छ । फक्स न्यूजका सीईओ सुजेन स्कटले यो संगठनको लागि हृदयविदारक दिन भएको बताउनुभएको छ । रुस र युक्रेनबीच भएको युद्धको समाचार संकलनका लागि दर्जन बढी पत्रकार युक्रेन पुगेका छन् ।

IME Life
kumari