stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनआईसी एशिया बैंकद्वारा मजदुरलाई पाँच लाखको खाद्यान्न सामग्री वितरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि देश लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्नेहरुलाई केही राहत दिन एनआईसी एशिया बैंकले खाद्यान्न सामाग्री वितरण गरेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई नेपाल प्रहरीसँगको सहकार्यमा पाँच लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको हो ।

यसै सन्दर्भमा आइतबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेललाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।

बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भए पनि राहत मिल्ने विश्वास लिएको छ ।

IME Lifesidebar
kumari