stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा, चुनौतीपूर्ण अवस्थामा सेवाग्राहीलाई सुबिधा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार

काठमाडौँ । हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै नेपाल लाइफ इन्स्योरेन्सले Maturity Claim र Claim Intimation अनलाइन सेवा संचालनमा ल्याएको छ । Maturity Claim सेवा मार्फत बीमितहरुले बीमा लेख Maturity हुने समयावधीको जानकारी लिन सक्नेछन् ।

यस सेवामा Maturity को समय पुगेका बीमितहरुले बीमा लेखको Maturity Claim को प्रक्रिया अघि बढाउन सक्नेछन् । जस अनुसार कम्पनीका कर्मचारीहरुबाट Maturity Claim को प्रक्रियाका काम अघि बढाउने कम्पनीले जनाएको छ ।

त्यसैगरी Claim Intimation सेवा अन्तर्गत दावीकर्ताहरुले घरमै बसेर अनलाइन मार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन् ।

जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दावी भुक्तानी प्रक्रिया आगाडि बढाउने छन् । नेपाल लाइफले सेवाग्राहीलाई जस्तो सुकै विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिन तथा चुस्त दुरुस्त बनाउनका लागि आवश्यक प्रविधिको प्रयोग गर्दै आफ्नो अनलाइन सेवालाई समय सापेक्ष अझ परिस्कृत गर्दै लगेको छ ।

जस अन्तर्गत आफ्ना बीमितहरुको काम कारवाही बिना रोकावट अघि बढाउन यो सेवा प्रवाह गरेको कम्पनीले जनाएको छ । आगामी दिनमा समय सापेक्ष आफ्ना सेवाहरु अझ परिस्कृत तथा प्रभावकारी ढंगले अगाडि बढाउँदै लैजाने प्रतिवद्धता कम्पनीद्वारा जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अभिकर्ता तथा सेवाग्राहीहरुको काम कारवाहीमा कुनै कमी हुन नदिन कम्पनीले यस विषम परिस्थितिमा Virtual Office को रुपमा घरैबाट सेवा प्रवाह गर्नको लागि कर्मचारीहरु अनलाइन मार्फत सेवा दिइरहेका छन् ।

यस विषम परिस्थितिमा बीमा सम्बन्धी जानकारी लिनु परेमा ९८५११७९५७८ (उमापति पोखरेल), ९८५११५९३७९ (दिगविजय सिंघल) वा नजिकका नेपाल लाइफका क्षेत्रीय कार्यालय प्रमुख, शाखा/उपशाखा प्रमुखहरुबाट जानकारी तथा सेवा उपलब्ध हुने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम इसेवा, प्रभु पे र नेपाल इन्भेष्टमेन्ट बैंक मार्फत अनलाइन भुक्तानी गर्न सकिने कम्पनीले जानकारी गराएको छ । साथै यस विषम परिस्थितिमा बीमित, अभिकर्ता, कर्मचारी लगायत सम्पूर्णमा एकजुट भई सकेसम्म घरमै बसी एक अर्कालाई सहयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ । तलको लिंकमा गएर सिधै उक्त सेवा लिन सकिनेछ ।

https://webapp.nepallife.com.np/ns/ClaimMgmt/ClaimMain.aspx

Maturity Claim र Claim Intimation सेवाको लागि लिंक https://webapp.nepallife.com.np/ns/ClaimMgmt/ClaimMain.aspx

Maturity Claim र Claim Intimation सेवा लिने Tutorial को लागि लिंक

विषम परिस्थितिमा सम्पर्क व्यक्ति

IME Lifesidebar
kumari