संसद्मा प्रधानन्यायाधीश राणा विरुद्धको महाभियोग प्रस्ताव पेश
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराब विरुद्धको महाभियोग प्रस्ताव संसद्मा पेश भएको छ। आइतबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद देव गुरुङले महाभियोग प्रस्ताव पेश गर्नुभएको हो।
संविधानको धारा १०१ को उपधारा ९२० एवम् प्रतिनिधिसभा नियमावली २०७५को नियम १६१ अनुसार सांसद देव गुरुङ, सांसद पुष्पा भुसाल गौतम र जीवनराम श्रेष्ठ प्रस्तावक एवम् ९५ जना समर्थक पेश भएको प्रस्ताव आइतबार प्रतिनिधिसभा बैठकमा पेश भएको हो। सभामुख अग्निप्रसाद सापकोटाले महाभियोग प्रस्ताव पेश गर्न गुरुङलाई समय दिनुभएको हो।




















