आज ग्रीन भेन्चर्सको आइपीओमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओमा आवेदन दिने आज फागुन २० गते शुक्रबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समय भित्र यसमा आवेदन दिन सक्नेछन् । यसले फागुन २ गते सोमबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले ओखलढुंगा र रामेछाप जिल्लाका स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात ३१ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा ओखलढुंगा जिल्लास्थित खिजिदेम्बाब गाउँपालिका वडा नं. १, २ तथा ३ र लिखु गाउँपालिका वडा नं. ९ का स्थानीयले आवेदन दिन पाउनेछन् ।
यता, रामेछाप जिल्लास्थित लिखु तामाकोशी गाउँपालिका वडा नं १ र २ तथा उमाकुण्ड गाउँपालिका वडा नं. ७ का स्थानीयले पनि सेयरमा आवेदन दिन सक्नेछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँको १०५ सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो ।
रेटिङ एजेन्सी केयर नेपालले ग्रीन भेन्चर्सको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जनाउँछ ।
यो आइपीओमा लक्ष्मी क्यापिटल मार्केट बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले लक्ष्मी बैंक मंथली रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिखु रामेछाप तथा मेगा बैंकको खिजिदेम्बा र मंथली शाखाबाट आवेदन दिन सक्नेछन ।
आयोजनास्थलबाट पनि आइपीओ भर्न सकिन्छ । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

























