राष्ट्र उत्थान लघुवित्तको आइपीओ बिहीबार बाँडफाँट हुने
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओ फागुन १२ गते बिहीबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार बिहीबार दिउँसो ३ बजेपछि आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ । यसको प्री–अलोटमेन्ट आज फागुन ११ गते बुधबार हुँदैछ । राष्ट्र उत्थानको आइपीओमा ३ अर्ब ५ करोड २० लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
जसमा २६ लाख ३४ हजार ६२६ जनाले ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३८.४२ गुणा बढी आवेदन हो । यसको आइपीओ हात पार्न भाग्यकै भरपर्नु भएको छ । यसमा मागभन्दा ३८.४२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ७९ हजार ४५० जनाले मात्र सेयर हात पार्नेछन् ।
बाँकी २५ लाख ५५ हजार १७६ जनाको भने हात खाली हुनेछ । यसमा कुल २६ लाख ३४ हजार ६२६ जनाले ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् । कुल ३ अर्ब ५ करोड २० लाख ८८ हजार रुपैयाँ बरारको आवेदन परेको छ ।
कम्पनीले फागुन ४ गते ८ गतेसम्म बाट कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो ।
यसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात् ५५ सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् ०।५५ सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५ सय कित्ताका लागि आवेदन दिएका हुन् ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले राष्ट्र उत्थान लघुवित्तलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी रेटिङ दिएको छ ।




















