citizens life insurance long ad

गरिमा विकास बैंकका ग्राहकलाई बजेट पसल डट कमबाट सामान खरिदमा विशेष छुट 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको यस गरिमा विकास बैंक लिमिटेडले समयानुकुल आफ्ना ग्राहकवर्गका लागि विभिन्न छुट सम्बन्धि सम्झौता गर्दै आईरहेको छ ।

यसलाई नै निरन्तरता दिदै यस बैंकले ई–कमर्श साईट बजेट पसल डट कमसँग सामान खरिदमा ५% छुटको लागि सम्झौता गरेको छ ।

सम्झौता अनुसार यस बैंकका ग्राहकले बजेट पसल डट कमको अनलाईनबाट रु ३,००० भन्दा माथिका दैनिक उपभोग्य तथा ईलेक्ट्रोनिक्स सामान खरिद गरी यस बैंकको मोबाईल बैकिङ तथा डेविट कार्डबाट भुक्तानी गर्नुहुँदा तत्काल ५% छुट प्राप्त गर्र्न सक्नेछन् ।

साथै, यस बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मोबाईल बैकिङ, र्ईन्टरनेट बैकिङ, क्यू.आर. कोड, अनलाईन खाता खोल्ने, स्मार्ट टेलर लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

IME Lifesidebar
kumari