citizens life insurance long ad
stcnepal long ad

शाक्यधिता ध्यान घरको शिलान्यास

बुद्ध जन्मेको देश भनेर गर्व गर्न सक्ने हुनलाई वुद्ध दर्शनमा लगानी– मेयर शाक्य

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ‘नेपालीले आफूलाई बुद्ध जन्मेको देशमा जन्मिएको भनेर गर्व गर्न सक्नुपर्छ । विश्वले वुद्ध दर्शनलाई आदर्शका रुपमा मानेको छ । यसप्रति गर्व गरौँ ।’ काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले धारणा राख्नुभएको छ ।

आज काठमाडौँ महानगरको वडा १५ किमडोलस्थित किमडोल बहालमा शाक्यधिता नेपालको ध्यान भवन शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘वुद्ध धर्मको मर्मलाई प्रवर्धन तथा प्रचार प्रसार गर्न काठमाडौँ महानगरपालिकाले थेरवादी तथा बज्रयानी विहारको निर्माण, पुननिर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहयोग गरेको छ ।

वुद्धको दर्शनलाई प्रबर्धन गर्न यो सरकारकातर्फबाट लगानी हो ।’ शाक्यले भन्नुभयो, ‘वुद्ध दर्शनका लागि विश्वका धेरै देशहरुले लगानी गरेका छन् । त्यस प्रकारका लगानी नेपालमै पनि छन् । यसबेला नेपालले पनि लगानी गर्नुपर्छ भनेर हामी अगाडि बढेका हौँ ।’

बहालभित्र करीव ३ हजार ५ सय बर्गफिट क्षेत्रफलमा साढे ३ तले भवन निर्माण हुनेछ । यसका लागि महानगरपालिकाले करीव ७६ लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ । उपभोक्ताको ५ प्रतिशत सहभागिता रहनेछ ।

शिलान्यास कार्यक्रममा बोल्दै शाक्यधिताका पदाधिकारीहरुले, महानगरपालिकाबाट प्राप्त सहयोगको प्रशंशा गरेका थिए । महानगरले हामीलाई सरकार भएको अनुभूति दिएको छ । प्राप्त सहयोगलाई हामी उपासक उपासिकाको सहजताका निम्ति पूर्वाधार तयार पार्नेछौँ । उहाँहरुको भनाइ थियो

वुद्ध दर्शनको प्रवर्धन घटेका बेला यस बहालबाट प्रवर्धनका योजना गरिन्थे । प्रचार प्रसार र प्रवर्धनका काम हुन्थे । वहालमा रहनुभएका गुरुमाहरु इन्द्रावती र मेत्तावतीले यसको प्राचीनताको साइनो देखाउनुभयो ।

IME Life
kumari