citizens life insurance long ad
stcnepal long ad

प्रतिनिधिसभाको बैठक पुनः माघ ३ गतेका लागि सरियो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रतिनिधिसभा संसदको बैठकको मिति माघ ३ गतेको लागि सरेको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सोमबार एक विज्ञप्ति जारी गर्नुहुँदै यसअघि पुस २८ गते बुधबार दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समसयमा बस्न नसकिने जानकारी दिनुभएको हो ।

यससँगै सभामुख अग्निप्रसाद सापकोटाद्वारा प्रतिनिधि सभाको बैठक माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने गरी मिति र समय निर्धारण गरिएको जनाएको छ ।

यसअघि पनि पुस २२ गते बिहीबार दिउँसो १ बजे बस्ने भनिएको बैठक पुस २८ गते सरेको थियो । प्रतिनिधि सभा बैठकको मिति पुनः सरेको हो ।

IME Life
kumari