citizens life insurance long ad
stcnepal long ad

कोरोना जोखिम बढेपछि केन्द्रीय बैंकले बैंक–वित्तीय संस्थालाई निर्देशन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोभिड १९ को संक्रमणको नयाँ स्वरूप फैलिँदै गएकाले सचेत भएर कारोबार गर्न निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्था नियमन विभागले नेपाल संक्रमणको उच्च जोखिममा रहेकाले जोखिम न्यूनीकरणका लागि आवश्यक स्वास्थ्य सतर्कतासहित बैंकिङ गतिविधि जारी राख्न सूचना जारी गरेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ४ बुँदे कोभिड सर्तकता सम्बन्धी निर्देशन जारी गरेको छ । जसअनुसार नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्वन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनाशक्ति र सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्न भनिएको छ ।

सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्न बैंक वित्तिय संस्थालाई निर्देशन दिएको हो । बैंक वित्तीय संस्थाद्वारा सञ्चालित एटीएम बुथहरूबाट संक्रमण फैलिन नदिन ढोका खुला राखी सेनिटाइजरको व्यवस्था गर्न भनिएको छ ।

साथै, बैंक वित्तीय संस्थाबाट सञ्चालित बैठक, गोष्ठी सेमिनार, तालिमजस्ता कार्यक्रमहरू भौतिक दूरी सुनिश्चित गरी गर्न वा यस्ता कार्यक्रम सकभर भर्चुअल माध्यमबाट गर्न भनिएको छ ।

IME Life
kumari