citizens life insurance long ad
stcnepal long ad

निर्जीवन बीमा कम्पनीले बोनस सेयर मात्र बाँडन पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानी र पुँजी वृद्धि योजनाका लागि बीमा समितिले बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण रोक लगाउने तयारी गरेको छ।

बीमा समितिले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बीमा कम्पनीहरुलाई नगद लाभांश (कर प्रयोजना बाहेक) वितरण रोक लगाउँदै बोनस सेयरमात्र बाँड्ने दिने तयारी गरेको हो। विशेषगरी निर्जीवन बीमा कम्पनीहरुको हकलाई नगद लाभांश वितरणमा कडाइ गर्न लागिएको छ।

जीवन बीमा कम्पनीहरुलाई भने केही सहजता प्रदान गरिने बीमा समिति स्रोतले बताएको छ।

निर्जीवन बीमा कम्पनीहरुबाट १० अर्ब रुपैयाँ कोरोना बीमाको दाबी भुक्तानी हुन बाँकी रहेको छ। यसैलाई मध्यनजर गर्दै बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई कर प्रयोजनबाहेक नगद लाभांश बाँड्न नदिने तयारी गरेको हो।

कोरोना महामारी कायमै रहेकोले निर्जीवन बीमा कम्पनीलाई अझ बलियो यो नीति अवलम्बन गर्न लागिएको बीमा समितिका एक अधिकारीले बताएका छन। ‘यसबारे यही साताभित्र निर्देशन जारी हुन सक्छ’, ती अधिकारीले बताए।

नगद लाभांशमा रोक लगाउनुको अर्को मुख्य कारण कम्पनीहरुको पुँजी वृद्धि पनि रहेको छ। पुँजी वृद्धिका लागि कम्पनीहरुलाई बोनस सेयर जोड दिँदै हकप्रद निष्कासन गर्न दिने योजनामा ल्याउने तयारीमा पनि बीमा समिति रहेको छ।

बीमा समितिले प्रिमियर इन्स्योरेन्सलाई गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांशमा नगद लाभांश बाँड्न नदिने निर्णय गरिसकेको छ।

यो कम्पनीले ७।५ प्रतिशत बोनस सेयर र ७।५ प्रतिशत नै नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

IME Life
kumari