citizens life insurance long ad
stcnepal long ad

मन्त्री आलेको पद धरापमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । व्यवसायी आनन्द बतासको बतास समूह गजव शक्तिशाली रहेछ । पहिलेको राजदरबार देखि पशुपति क्षेत्र क्षेत्र विकास समिति सम्म लिजमा लिई व्यापार व्यवसाय विस्तार गर्न सफल भइसकेछ ।

बतास समुहले पाटनदरवार देखि पोखराको सेतीनदी र जंगल सम्म लिजमा लिन भ्याएको छ । नारायणहिटी राजदरबार भित्र कफि सप, बङकर भित्र डिस्को र रेस्टुरेन्ट खोल्नको लागि संरचना नै बनिसकेको रहेछ।

त्यो पनि सम्बन्धित मन्त्री योगेश भट्टराईको मौखिक आदेशमा । त्यसलाई भत्काउन पर्यटन मन्त्री प्रेम बहादुर आलेले पनि मौखिक आदेश नै दिएर भत्काउन लगाएका छन,भत्काउन भ्याइ पनि सकेका छन । अहिले स्यावासी पनि पाईरहेछन ।

पशुपति विकास क्षेत्र भित्र भारतीय सहयोगमा वनेको धर्मशाला अहिले लिजमा लिएर बतास समुहले तीनतारे होटलमा परिणत गरिसकेको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा केही थाहा छैन भन्छन ।

भारती दुतावासले पनि आफुले बनाईदिएको सानो संरचनामा पनि त्यति चासो राखेको पाइएन। तर धर्मशालालाई होटलमा परिणत गर्दापनि यो त हाम्रो काम होईन नेपाल सरकारको काम हो भन्यो । यो त अचम्म भयो । बतास समुहको सम्बन्ध धेरै व्यापक देखिन्छ ।

एमाले र नेपाली कांग्रेसलाई आफ्नै पार्टी जस्तो गरेर उसले सरकारी ऐतिहासिक र धार्मिक सम्पदा लिजमा लिएर ठुलो व्यापार व्यवसायको सञ्जाल बनाएको देखिन्छ।

पोखरामा त यसले गरेको धेरै ठुलो काण्ड छ । सेती नदिको बालुवा र रोडा ढुंगा नदी थुनेरै निकाल्न पाउने ठेक्का पाएको रहस्य खुलेको छ। यो समूह अवस्यनै एक्लो छैन । पहिले पहिले पनि दरबार र कोइराला परिवार निकट यस्ता शक्तिशाली कथित ब्यापारीहरुको सम्बन्ध सत्ताधारी ठुलाबडासँगै हुने गर्थ्यो ।

जे भए पनि पर्यटन मन्त्री आलेलाई स्याब्वासी दिनै पर्छ । उनले बोलेर होईन काम सुरु गरेका छन, फत्ते गरेर देखाउनु पर्यो । यहाँ केही ठेगान छैन, यिनलाई नै उडाई दिन सक्छन् । एउटा घटना स्मरण मा आयो कुनै एक पार्टीको सरकारको पालामा शर्मा मजगैया थरका जलश्रोत मन्त्रीलाई तात्कालिन जलस्रोत सचिव लोकमान सिंह कार्कीले मन्त्री पदवाटै राजिनामा गर्न बाध्य वनाएका थिए ।

यहाँ त कस्ता कस्ता काण्ड भएका छन भन्दा र सुन्दा नै डरलाग्ने गर्दछ । आलेलाई पनि बतास समुहले त्यसो नगर्ला भन्न सकिन्न। किनकी प्रधानमन्त्री शेर बहादुर देउवा र उहाँकी पत्नी डा. आरजु राणाको रकम लगानी गर्ने यिनै आनन्द बतास हुन भन्ने चर्चा पनि सुनिदैछ।

IME Life
kumari