citizens life insurance long ad
stcnepal long ad

हिमालयन बैंक गल्फ प्रतियोगिता २०२२ सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक लिमिटेड गल्फ प्रतियोगिता २०२२ सम्पन्न भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रोयल नेपाल गल्फ कोर्समा यही पुस २३ देखि पुस २४ गतेसम्म गल्फ प्रतियोगिता भएको थियो।

स्टेबल फोर्ड ३र४ ह्यान्डिक्याप विधामा सञ्चालित प्रतियोगितामा नेपाल प्रहरीका एआईजी हरिबहादुर पालले ४० अंकका साथ प्रथम भई ट्रफी जित्न सफल भएका छन्। यसैगरि ३७ अंकका साथ मेजर जनरल विजय मोक्तानले दोश्रो पुरस्कार हात पार्न सफल भएका छन्।

यसैगरी महिलातर्फ तारा कार्की चित्रकार ३७ अंकका साथ प्रथम भएकी छन्।
सिनियर तर्फको उपाधि मेजर जनरल कमल सिंह प्रधानले ३४ अंक सहित जित्न सफल भएका छ। विभिन्न विधामा सम्पन्न प्रतियोगितामा हिमालयन बैंक परिवारका तर्फबाट जयन्द्र विक्रम शाहले ३१ अंकका साथ उपाधि जित्न सफल भएका छन्।

यसरी नै पुरुष जुनियरतर्फ टासी शेर्पाले २५ अंकका साथ बिजयी भएका छन् भने महिला जुनियरको उपाधि अन्भद्या मल्लले १८ अंकका साथ जित्न सफल भएकी छन्।

यसैगरी जुनियर लंगेस्ट ड्राइभको उपाधि जयवीर आर्चायले जित्दा जुनियर क्लोजेष्ट टु द पिन इदान्त सिंह साउडले जितेका छन्।

बैंकले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो। पुरस्कार वितरण समारोहमा बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणा र सञ्चालक विजयबहादुर श्रेष्ठले बैंकले विगतदेखि नै देशमा गल्फलगायत अन्य खेलकुदको विकास र प्रवर्द्धनमा योगदान प्रदान गर्दै आएको र भविष्यमा पनि गरिरहने बताएका थिए।

प्रतियोगितामा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, सञ्चालक विजयबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा, महाप्रबन्धक अनुप मास्के लगायत अन्य वरिष्ठ पदाधिकारीसहित समाजका प्रतिष्ठित व्यक्तित्व र प्रतिष्ठित व्यावसायिक छवि भएका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

IME Life
kumari