सुर्खेतमा सिभिल लघुवित्तको ७५ ओैं शाखा
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले सुर्खेत जिल्लाको मैनतडामा ७५ औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ। संस्थाले यस शाखा स्थापनासँगै कर्णाली प्रदेशमा समेत आफ्नो उपस्थिति जनाएको छ।
ूसमृद्धिको सहयात्रीू नारालाई सार्थकता दिँदै संस्थाले विपन्नवर्गका समुदायहरुको समृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ आफ्नोे सेवाहरु ६३ हजार घरपरिवारमा पुर्याएको छ।


























