citizens life insurance long ad
stcnepal long ad

बैंकिङ प्रणालीमा १४ अर्ब निक्षेप थपियो

गत पुस २१ गतेसम्म कुल निक्षेप ४८ खर्ब ५५ अब रुपैयाँ रहेको थियो।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पुस २२ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप एकैदिन १४ अर्ब रुपैयाँले बढेको हो।

यो सँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४८ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। गत पुस २१ गतेसम्म कुल निक्षेप ४८ खर्ब ५५ अब रुपैयाँ रहेको थियो।

यसैगरी वाणिज्य बैंकहरुको गत पुस २२ गते एकैदिन १४ अर्ब रुपैयाँले निक्षेप बढेको छ। गत पुस २१ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ८६ अर्ब रुपैयाँ रहेकोमा गत पुस २२ गतेसम्म बढेर ४३ खर्ब रुपैयाँ पुगेको छ।

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने २ अर्ब रुपैयाँमात्र बढेको छ। गत पुस २१ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब २१ अर्ब रुपैयाँ रहेकोमा पुस २२ गतेसम्म बढेर ४६ खर्ब २३ अर्ब रुपैयाँमात्रै रहेको छ।

वाणिज्य बैंकहरु पुस २२ गते कर्जा लगानी २ अर्ब रुपैयाँ बढेर कुल कर्जा लगानी ४१ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ। पुस २१ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब २ अर्ब रुपैयाँ रहेको थियो।

पुस २२ गते बैंकहरुको औसत सीडी रेसियो पनि घटेर ८९.३९ प्रतिशतमा झरेको छ। गत पुस २१ गतेसम्म औसत सीडी रेसियो ८९.६४ प्रतिशत थियो।

गत पुस २२ मा अन्तरबैंक ब्याजदर पनि घटेर ३.८९ प्रतिशतमा झरेको छ। पुस २१ सम्म अन्तरबैंक ब्याजदर ४.८५ प्रतिशत रहेको थियो।

IME Life
kumari