इन्टेरियर डिजाइनर्स एसोसीयसन अफ नेपालको बार्षिक साधारण सभा
काठमाडौं । इन्टेरियर डिजाइनर्स एसोसीयसन अफ नेपाल (आइडिया नेपाल) को बार्षिक साधारण सभा काठमाडौंस्थित लैनचौर ब्यान्केटमा २०७८ साल पौष २४ गते शनिबार एक कार्यक्रमबीच सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथी सहरी बिकास मन्त्री रामकुमारी झाँक्रीले interior design क्षेत्रको प्रयोग र बिकासको लागि सरकारले आवश्यक पाइलाहरु चाल्ने भनाइ राख्नु भयो। कार्यक्रममा नेपाली आर्किटेक्ट क्षेत्रमा सराहनीय कार्य र योगदानको लागि रबिन्द्र पुरीलाई बिशेष सम्मान र आइडिया नेपालको मानार्थ सदस्यता पनि प्रदान गरिएको थियो ।
कार्यक्रमको सभापतित्व गरेका आइडिया नेपालका अध्यक्ष बिन्द्रा प्रधानले आइडिया नेपाल interior design को उत्थान र प्रगतिको निम्ति लागि पर्ने रInterior Design प्रत्यक्ष अप्रत्यक्ष रुपमा व्यवस्थित बसोबास, जनताको जीवनशैली ,सामाजिक सभ्यता र कुनै पनि कार्यालय वा कार्यक्षेत्रको productivity संग सम्बन्धित बिषय बस्तु भएको हुनाले सरकार ले पनि नीति नियम बनाउदा Interior Design सम्बन्धि बिषय बस्तु पनि समग्रमा समाबेस गर्न आग्रह गर्नु भयो ।