विजय लघुवित्तको वार्षिक साधारण सभा पुस २४ गते
काठमाडौं । पुस २४ गते वार्षिक विजय लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २०.०३१ प्रतिशत बोनस सेयर र कर तिर्न १.०५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभा गैंडाकोट रिसोर्ट, गैंडाकोटमा बिहान ११ बजे सुरु हुनेछ । सभामा अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
साधारण सभा प्रयोजनका लागि पुस १२ गतेदेखि २४ गतेसम्म बुक क्लोज गरिएको छ । पुस ११ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांशको हकदार बन्न सक्नेछन् ।
प्रतिशत


























