citizens life insurance long ad
stcnepal long ad

मुलुकको अर्थतन्त्रमा निकै कठिन मोडमा

अहिले देशको अर्थतन्त्र निकै संकटपुर्ण र जटिल अवस्थामा रहेको छ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अहिले देशको अर्थतन्त्र निकै संकटपुर्ण र जटिल अवस्थामा रहेको छ।
मुद्रास्फीति बढ्दो क्रममा छ। आगामी दिनमा पनि अझै दबाब पर्ने देखिन्छ।

निर्यातको बढोत्तरी निकै राम्रो गतिमा भइरहेको भए पनि आयातको भोलुम निकै ठूलो भएकोले यसले अर्थतन्त्रमा खासै सुधार ल्याउन सकेको छैन।

निर्यात कम छ। आयात बढेको बढ्यै छ। रेमिट्यान्स पनि घटेको छ। अर्थतन्त्रको समस्याको मुख्य जड आयातको वृद्धि र आयातमै कर्जा प्रवाहको उच्च बढोत्तरी नै रहेको देखिन्छ।

बैंकिङ प्रणालीमा पनि तरलता संकट चुलिएको छ। अर्थतन्त्रमा अनिष्टको बादल मडारिएको छ। तर राष्ट्र बैंक भने अर्थतन्त्र पुनरुत्थानमा गएको दाबी गर्छ।

राष्ट्र बैंकद्वारा आज राजधानीमा आयोजित एक कार्यक्रममा अर्थतन्त्र पुनरुत्थानमा गएको दाबी गरिएको छ। पुनरुत्थानकै क्रममा आयात तथा कर्जा वृद्धिदर उच्च रहन गएको राष्ट्र बैंकको भनाइ रहेको छ।

निर्यात बढे पनि आयातको मात्रा ज्यादै उच्च रहेको र त्यस अनुरुप रेमिट्यान्स नबढ्दा चालु खाता घाटा र शोधानन्तर घाटाको स्थिति रहेको र विदेशी विनिमय सञ्चिती घट्दै गएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार बढ्दो आयात भुक्तानी गर्न कर्जा प्रवाह पनि उच्च दरले बढेको र निक्षेपको वृद्धिदर कोभिडपूर्वको अवस्थामा रहे पनि कर्जाको वृद्धिदरभन्दा कम रहेकोले तरलता अभावको अवस्था सिर्जना भएको विश्लेषण गरिएको छ।

यी समस्या नयाँ नभई समय–समयमा नेपाली अर्थतन्त्रमा दोहोरिने गरेको राष्ट्र बैंकले जनाएको छ। ‘स्वदेशी मुद्रा वाहिर परिवत्र्य नभएको अवस्था, निर्यात कमजोर रहेको र आयातमाथि निर्भरता बढिरहेको सन्दर्भमा यी दुवै समस्या बेला–बेला देखा पर्दछन्’, राष्ट्र बैंकको दाबी छ।

तरलतामा सुधारका लागि आवश्यक कदम चालिएको पनि राष्ट्र बैंकले जानकारी गराएको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको गत पुस ५ गतेसम्म अस्थायी तरलता सुविधामार्फत रु. २५०० अर्ब, ओभरनाइट रिपोटमार्फत रु. ६९ अर्ब, रिपोमार्फत रु. २२० अर्ब र सोझै खरिदमार्फत रु। २७ अर्ब रुपैयाँ प्रवाह गरिएको जनाएको छ।

यसैगरी कर्जा निक्षेप अनुपात आगामी २०७९ असारसम्म ९० प्रतिशतमा राख्नुपर्ने व्यवस्था गरिएको पनि राष्ट्र बैंकले जनाएको छ।

यसका साथै पुनर्कर्जा सुविधाबापत चालु आर्थिक वर्षको हालसम्म रु। ९२ अर्ब स्वीकृत भएको केन्द्रीय बैंकको दाबी छ। राष्ट्र बैंकका अनुसार ब्याजदर केही बढेकोले निक्षेप संकलन वृद्धि भई अनावश्यक कर्जाको मागमा केही कमी आउन सक्छ।

त्यस्तै शोधानान्तर घाटाको सुधारका लागि विभिन्न कदम चालिएको राष्ट्र बैंकको दाबी छ। राष्ट्र बैंकले चाँदी आयात गर्नका लागि विदेशी मुद्राको उपलब्धतामा सीमा तोकेको छ। केही वस्तुहरुको आयातमा सतप्रतिशत नगद मार्जिनको व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

वैदेशिक रोजगारमा रहेकाहरुलाई बैंक खातामा १ प्रतिशत थप ब्याज प्रदान गर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। गैरआवासीय नेपाली तथा उनीहरुको संस्थाहरुले विदेशी मुद्रामा बचत तथा मुद्दति खातामा खोल्न सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई सहटी गर्न पाउने नगद विदेशी मुद्रामा कटौती गरेको छ।

राष्ट्र बैंकका अनुसार अवैध ढंगले आयात भइरहेको सुनलाई नियन्त्रण गरिएको छ। विदेशी ऋण ल्याउन सहजता प्रदान गरिएको राष्ट्र बैंकको दाबी छ।

ननडेलिभरेवल डेरिभेटिफ फरवार्डको विदेशमा राख्न सक्ने सीमा राष्ट्र बैंकले घटाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विस्तारित कर्जा सुविधा स्वीकृत हुन लागेको राष्ट्र बैंकले जनाएको छ।

IME Life
kumari