stcnepal long ad
global ime bank long

खोटाङको रावाबेसीमा राष्ट्रिय वाणिज्य बैंकको २५७ औँ शाखा विस्तार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले खोटाङ जिल्लाको रावाबेसी गाउँपालिका–१ हरमटारमा २५७ औँ शाखा कार्यालय विस्तार गरी कारोबार सुरु गरेको छ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले पुस ६ गते मंगलबार विधिवत रुपमा रावाबेसी शाखाको उदघाटन गरेका छन्।

उक्त अवसरमा रेग्मीले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउने उद्देश्य अनुरुप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेकोमा खुसी लागेको बताउँदै पालिकाको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए।

बैंकको प्रदेश नं. १ का प्रादेशिक प्रबन्धक दीपकराज न्यौपानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाल, रावाबेसी गाउँपालिकाका अध्यक्ष लीलानाथ निरौला, दूधकोशी जलाशययुक्त जलविद्युतका प्रमुख वसन्त श्रेष्ठ, रावाबेसी गाउँपालिकाका विभिन्न वडाका वडाअध्यक्ष, राजनीतिक दलका स्थानीय प्रतिनिधि, समाजसेवी, उद्योगीव्यवसायी, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघसंस्थाका प्रतिनिधिहरु, बैंकका विभागीय प्रमुख सरोज बस्नेत, शाखा प्रबन्धक राजकुमार घिमिरे, कर्मचारी लगायत

सर्वसाधारणहरुको उपस्थिति रहेको थियो। बैंकको हाल सातै प्रदेशका ७७ वटै जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ।

IME Lifesidebar
kumari