stcnepal long ad
global ime bank long

नेपाल लाइफ इन्स्योरेन्सद्वारा देशकै नं. १ बीमा कम्पनी भएको दाबी, नेपालकै नं. १ अभियान सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं। १ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ।

नेपाल लाइफले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्याम मार्फत ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै सो दाबी गरेको जनाएको छ।

कम्पनीले प्रस्तुत गरेका तथ्यपरक जानकारीहरुका अनुसार आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग रु. ११८.७६ अर्बको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, रु. ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी र रु. ७.१९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको छ। यसका साथै अधिकांश सूचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल साबित भएको कम्पनीले जनाएको छ।

नेपाल लाइफ इन्स्योरेन्सले जनतामा जीवन बीमाको महत्वका बारे सचेतना जगाउने उद्देश्यका साथ आज पुस ६ गतेदेखि “नेपालकै नं. १” अभियान सार्वजनिक गरिएको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले बताएका छन।

अभियान मार्फत कम्पनीलाई यस उचाइसम्म पुर्याउन उल्लेख्य सहयोग तथा सहकार्य पुर्याएका सेयर होल्डर्स, कर्मचारी, अभिकर्ता लगायत प्रत्यक्ष तथा परोक्ष रुपमा भूमिका खेल्ने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवादका साथै कृतज्ञता ज्ञापन गर्नु पनि यसको उद्देश्य रहेको उनले जानकारी दिएका छन्।

‘हामी समग्र जनतामाझ जीवन बीमाको महत्व तथा आवश्यकताका बारेमा सचेतना फैलाउन चाहन्छौँ। जीवन बीमाले आफूलगायत आफू सम्बद्धको भविष्यको सुनिश्चितताका लागि प्रदान गर्ने सुविधाहरु सबैले जानुन् र यसलाई विकल्प भन्दापनि आधारभूत आवश्यकताका रुपमा हेरुन् भन्ने हाम्रो चाहना हो’।

नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले भने– ‘स्थापनाकालदेखि आजका मितिसम्म आइपुग्दा तपाइँहरुको निरन्तर विश्वास र भरोसाका कारण हामी नेपालकै नं. १ जीवन बीमा कम्पनीका रुपमा स्थापित भएका हौँ।

त्यसैले यसका लागि हामी हाम्रा समस्त ग्राहक, सेयरहोल्डर्स, कर्मचारी, अभिकर्ता लगायत समग्र सरोकारवालाहरुप्रति कृतज्ञता ज्ञापन गर्न चाहान्छौँ।’

कम्पनीको सफलताका बारेमा तथ्यपरक प्रमाणहरु प्रस्तुत गर्दै जनतामाझ जीवन बीमाका बारेमा सचेतना फैलाउने उद्देश्यका साथ आज पुस ६ गतेदेखि सञ्चालनमा ल्याइएको यस ‘नेपालकै नं. १’ अभियान मार्फत नेपाल लाइफका लागि ग्राहक तथा लक्षित वर्गको अझ धेरै विश्वास प्राप्त हुने कम्पनीको विश्वास छ।

यसका साथै योजना मार्फत कम्पनीले हात पारेको यो उचाइलाई भविष्यमा पनि निरन्तरता प्रदान गर्न उल्लेख्य सहयोग मिल्नेप्रति कम्पनी विश्वस्त रहेको नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले बताएका छन।

IME Lifesidebar
kumari