stcnepal long ad
ime life insurance
national life
global ime bank long

स्थानीय खानी र उत्पादनमा निजी क्षेत्रलाई संलग्न गराउन महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको माग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका विभिन्न स्थानमा रहेका तर सञ्चालनमा आउन नसकेका या कुनै कारणले बन्द रहेका खानीहरु एवम् स्थानीय कृषि उपज लगायतमा निजी क्षेत्रलाई पनि संलग्न गराई अघि बढ्न सके स्वदेशी उत्पादनको प्रवर्द्वन र कलकारखानाको विकासमा सघाउ पुग्ने बताएका छन् ।

रामेछाप उद्योग वाणिज्य संघको १४औं वार्षिक साधारण सभाको मन्थलीमा उदघाटन गर्दै उनले स्थानीय स्तरमा रहेका फलाम, शिशा, कोइला लगायतका खानीहरु कुनै बन्द तथा कतिपय निकै रुग्ण अवस्थामा रहेकाले तिनको सञ्चालन गर्न सुझाव दिँदै यी खानीहरुको सञ्चालनका लागि निजी क्षेत्रलाई पनि संलग्न गराउनु पर्ने बताएका छन् ।

रामेछापको ठोसेमा रहेको फलाम खानी अहिले बन्द अवस्थामा रहेकाले त्यसलाई सञ्चालनमा ल्याउन र त्यसमा निजी क्षेत्रलाई संलग्न गराउन पनि उनले माग गरेका छन् ।

ढकालले भने–’हिले सञ्चालनमा रहेको सो खानीबाट फलाम निकालेर हातहतियार लगायत उत्पादन गर्ने गरिएकोमा अहिले बन्द हुनु राष्ट्रकै लागि क्षति हो, म यस खानी तत्काल सञ्चालनमा ल्याउन नेपाल सरकारलाई माग गर्दछु र यस्ता खानीहरुको सञ्चालनमा निजी क्षेत्रलाई पनि संलग्न गरेर लैजान पनि माग गर्दछु ।’

साथै कार्यबाहक अध्यक्ष ढकालले स्थानीय स्तरका उत्पादन र तिनको औद्योगिकीकरण एवं बजारीकरणमा पनि निजी क्षेत्रलाई संलग्न गराउने खालका नीति नियमहरुमा आवश्यक परिमार्जन गरी अघि बढ्न सकेमा यसबाट राष्ट्रिय उत्पादकत्वमा धेरै सहयोग पुग्ने धारणा पनि राखेका थिए ।

ढकालले भने–’जस्तो कि रामेछापमा नै जुनार लगायतका कृषि उत्पादनहरुको ठूलो सम्भावना छ तर कृषकहरुको फुट्कर उत्पादनले यथोचित बजार पाउन सकेको छैन, त्यसैले यस्ता कृषि उपजलाई संस्थागत उत्पादन र बजारीकरणमा निजी क्षेत्रको संलग्नताले कृषक र उपभोक्ता दुवैलाई लाभ पुग्नेछ ।’

हरेक उत्पादनशील क्षेत्रमा व्यवसायिकताको विकास गर्नुपर्ने उनको सुझाव थियो । कार्यबाहक अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको अर्थपूर्ण सहभागिताले मात्र देशमा समृद्धि हासिल हुने धारणा समेत राखेका छन् ।

IME Lifesidebar
kumari