stcnepal long ad
ime life insurance
national life
global ime bank long

नागरिक लगानी कोषको सेयरमा लगानी उपयुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृतमध्ये आमलगानीकर्ताले चासो दिने कम्पनीमा नागरिक लगानी कोष (सीआईटी) पनि एउटा हो। सम्पूर्ण नागरिकलाई लगानी कोषमा समावेश गर्ने उद्देश्यले २०४७ साल चैत ४ गते स्थापित सीआईटीले औपचारिक रुपमा काम भने २०४८ माघ १ गतेबाट कारोवार सुुरु गरेको थियो।

२०७६ असारबाट सीआईटीले सर्वसाधारणका लागि स्वेच्छाले आफैँ पैसा जम्मा गरेर पनि पेन्सनको सुविधा लिन पाउने सुविधा योजना ल्याएको छ।

सीआईटीको सहायक कम्पनीका रुपमा नागरिक स्टक डिलर पनि छ। जसले पुँजीबजारमा लगानी गर्नुका साथै स्टक डिलरको काम पनि गर्छ।

आधारभूत पक्ष

चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार सीआईटीको सेयरपुँजी ३ अर्ब २७ करोड रुपैयाँ र सेयर प्रिमियम १ अर्ब २६ करोड ४८ लाख रुपैयाँ रहेको छ। प्रथम त्रैमासमा खुद नाफा १९ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको सीआईटीको नेटवर्थ गत वर्षभन्दा १२६ रुपैयाँले घटेर १५२ रुपैयाँमा सीमित बनेको छ।

प्रतिसेयर आम्दानी पनि घटेर २४.१३ रुपैयाँ कायम भएको छ। पुँजी बढेसँगै रिर्टन अन इन्भेस्टमेन्ट ८.२३ प्रतिशतबाट घटेर ७.७१ प्रतिशत कायम भएको छ।

पुँजी बढेको हिसाबले सीआईटीले प्रतिफल बढाउन नसकेको देखिन्छ। गत वर्ष कम्पनीले ८२ प्रतिशत हकप्रद जारी गरेको थियो। विगत ६ वर्षमा कम्पनीले औसत २२.२६ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ।

प्राविधिक पक्ष

इलिअट वेभ सिद्धान्तका आधारमा मुल्यांकन गर्दा

यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभले लाखौं लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ।

खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। यो वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरु सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्।

इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।

यो कम्पनीले बनाएको इलिअट वेभको रेखा चित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा हाल इन्टरमिडियट डिग्रीको वेभ सी चलेको देखिन्छ।

जसलाई फिवोनासीमा जोडेर हेर्दा ०.५ प्रतिशतको टेवा २८१० रुपैयाँ देखिन्छ। इलिअट वेभको सिद्धान्त ‘ए’ बराबर ‘सी’ हुन्छ भन्ने मान्यतालाई आधार मान्दा (रु. ४५०० – रु. १५००) रु. ३००० अर्थात फिवोनासीको ०.५ प्रतिशतमा अहिले कायम भएको मूल्य रु. २८०० मा नै अन्तिम करेक्सन पनि हुन सक्छ।

फिवोनासी सिद्धान्तका आधारमा मुल्याकन गर्दा

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ।

बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि यो कम्पनीको भाउ घटेमा ०.२३ प्रतिशतको टेवा ३६६१ रुपैयाँमा, ०.३८ प्रतिशतको टेवा ३०८६ रुपैयाँमा, ०.५ प्रतिशतको टेवा २८०० रुपैयाँमा र ०।.१ प्रतिशतको टेवा २२१० रुपैयाँमा हुन सक्ने छ।

एमएसीडी लाइनका आधारमा मुल्यांकन गर्दा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो।

यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने हाल एमएसीडी लाइन र सिग्नल लाइन नजिक बन्दै गएको र हुक बनेको देखिन्छ (हेर्नुहोस् हरियो एरो)। हिस्टोग्राम छोटा–छोटा भएका छन्। यो आधारमा यो कम्पनीको सेयर विस्तरै बढ्ने सम्भावना देखिन्छ।

बोलिंगर ब्यान्डका आधारमा मुल्यांकन गर्दा

यो सिद्धान्त सन् १९८० मा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्।

पहिलो सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो।

यो औजारअन्तर्गत यो कम्पनीको माथिल्लो ब्यान्ड र तल्लो ब्यान्ड नजिक हुँदै गएका र दूरी कम हुँदै गएको छ। मैनबत्तीअन्तर्गत तल लामो पुच्छर बनेकोले भविष्यमा सेयरभाउ केही बढ्न सक्ने देखिन्छ।

आरएसआईका आधारमा मुल्यांकन गर्दा

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ।

यो कम्पनीको हालको आरएसआई ३२ रहेको छ। यो भनेको ओभर सोल्ड जोननजिक हो। अघिल्लोपटक यो न्यून विन्दु १५ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्चतम विन्दु ५५ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो।

पिभट विश्लेषणका आधारमा मुल्यांकन गर्दा

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ। आज हामीले आओरली बेसमा कम्पनीको पिभट प्वइन्ट तथा प्रतिरोध र सपोर्ट हेर्ने कोसिस गरेका छौँ।

बढेमा प्रतिरोध

प्रतिरोध १– २७९५
प्रतिरोध २– २७०३
प्रतिरोध ३– २५५१
पिभट प्वइन्ट :२९४८

घटेमा सपोर्ट

सपोर्ट १– २७९५
सपोर्ट २– २७०३
सपोर्ट ३– २५५१

निष्कर्ष:

नागरिक लगानी कोषको हालको सेयरमूल्यलाई विभिन्न औजारमार्फत हेर्दा लगभग घट्ने क्रम सकिएको र अहिलेको मूल्य २८०० रुपैयाँले फिवोनासी अन्तर्गत ०.५ मा बलियो र पटक–पटक टेवा लिएको देखिन्छ।

त्यसैगरी पिभट प्वाइन्टको आओरली बेसमा हेर्दा पहिलो बलियो सपोर्ट २८०० रुपैयाँमा देखिन्छ। भलै सेयर बजारमा अन्य तत्वले पनि सेयरमूल्यलाई प्रभाव पार्ने भएकोले त्यहाँभन्दा तल जानै सक्दैन भनेर कुनै ग्यारेन्टी हुँदैन।

अन्त्यमा सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण मात्र हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गर्न सकिँदैन ।

प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचना स्वागत गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।

IME Lifesidebar
kumari