stcnepal long ad
ime life insurance
national life
global ime bank long

विजय लघुवित्तको साधारण सभा पुस २४ मा हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौं वार्षिक साधारणसभा बोलाएको छ। संस्थाको गत पुस १ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा यही पुस २४ गते आयोजना गर्ने निर्णय गरेको छ।

सभा नवलपरासीको गैंडाकोट–४ स्थित गैंडाकोट रिसोर्टमा बिहान ११ः३० बजेबाट सुरु हुने जनाइएको छ।

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल २१.०९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २०.०३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १,०६ प्रतिशत नगद लाभांश रहेका छन्। सभाले जारी तथा चुक्ता पुँजी ३२ करोड रुपैयाँ पुर्याउने गरी वृद्धि गर्ने र तद्नुरुप हुने गरी प्रबन्धपत्रको सम्बद्ध दफा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्ने भएको छ।

सोही सभाले अन्य उपयुक्त लघुवित्त वित्तीय संस्था आपसमा गाभ्न, गाभिन वा प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभामा गत आर्थिक वर्षको वार्षिक, लेखापरीक्षक प्रतिवेदनजस्ता महत्वपूर्ण दस्तावहरु छलफल गरी पारित हुनेछन्।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही पुस १२ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्त लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

IME Lifesidebar
kumari