आरटीजीएस प्रणालीमा थप ७ बैंक तथा वित्तीय संस्था आबद्ध
काठमाडौं । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ७ बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार एउटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनी आरटीजीएस प्रणालीमा आबद्ध भएका छन्।
आरटीजीएस प्रणालीमा आबद्ध हुनेहरुमा सप्तकोशी डेभलपमेन्ट बैंक लि.तथा गोखार्ज फाइनान्स लि., प्रोग्रेसिभ फाइनान्स लि., गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लि., गुडविल फाइनान्स लि., बेस्ट फाइनान्स लि. र रिलायन्स फाइनान्स लि। रहेका छन्।
अब यी बैंक तथा वित्तीय संस्थाहरुले आटीजीएस प्रणालीमा डाइरेक्ट पार्टिसिपेन्ट (डीपी) का रुपमा आबद्ध भई कारोबार गर्ने भएका छन्।
























