citizens life insurance long ad
stcnepal long ad

गणपति लघुवित्त छैठौं वर्षमा प्रवेश

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले स्थापनाको पाँचौं वर्ष पूरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा गणपति लघुवित्तले केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुमार्फत विभिन्न कार्यक्रम सम्पन्न गरेको जनाएको छ।

यस अवसरमा केन्द्रीय कार्यालय मार्फत पोखरा–३२ मा अवस्थित राधाकृष्ण बृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक तथा बटुकहरुलाई भोजन, न्यानो कपडा, खेलकुद र शैक्षिक सामाग्रीहरु वितरण गरेको जनाएको छ।

यसका साथै संस्थाका विभिन्न शाखा कार्यालयमार्फत सरसफाइ कार्यक्रम, वृक्षरोपण, शैक्षिक तथा खेलकुद सामग्री वितरणजस्ता विभिन्न कार्यक्रम मार्फत स्थापना दिवस मनाइएको संस्थाले जनाएको छ।

२०७३ मंसिर २४ गतेबाट कारोबार प्रारम्भ गरेको यस संस्थाले हाल २३ जिल्लामा ४३ वटा शाखा कार्यालयमार्फत ग्रामीण क्षेत्रका ३२ हजार ९१६ सदस्यलाई वित्तीय सेवा प्रदान गरिरहेको छ।

यसका साथै हाल सम्म ५० करोड रुपैयाँ बराबरको बचत संकलन भएको छ भने लगानीमा रहिरहेका कर्जा २ अर्ब ५ करोड रुपैयाँ रहेको जनाएको छ।

IME Life
kumari