मेरो माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल वाटर टावर, बट्टार नुवाकोटको सभाकक्षमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
सभाले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित समेत पमरित गरेको छ ।
सभाले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ ।























