मञ्जुश्री फाइनान्सको बम्पर लाभांश घोषणा
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ का लागि बम्पर लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी ९६ करोड ५३ लाख ९४ हजार ८९२ रुपैयाँको कुल ४६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमा ४० प्रतिशतले हुन आउने ३८ करोड ६१ लाख ५७ हजार ९५६.८० रुपैयाँ बराबरको बोनस सेयर र ६ प्रतिशतले हुन आउने ५ करोड ७९ लाख २३ हजार ६९३.५२ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।



















