evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

सेयरधनीको बैंक खातामा एनआइसी एसिया लघुवित्तले नगद लाभांश पठायो

Prabhu Insurance Long Ad
global bank

काठमाडौ । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले ५.४१ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा पठाइ दिएको छ । कम्पनीले कात्तिक २२ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो ।

त्यस्तै, सो मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको कम्पनीको भनाई छ ।

यता, कम्पनीले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ ।

एनआइसीको मंसिर ५ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

himalayan life insurance
igi long