citizens life insurance long ad
stcnepal long ad

एनसीसी बैंकको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम, ५७१ पिन्ट रगत संकलन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनसीसी बैंक लिमिटेडको २५ औं वार्षिकोत्सवको उपलक्ष्यमा हिजो बिहीबार विभिन्न ९ वटा शाखा कार्यालयहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।

बैंकले प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर र लाहान, बागमती प्रदेशको काठमाडौं मुख्य शाखा र नारायणगढ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर, कर्णाली प्रदेशको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको धनगढी गरी ९ वटा शाखामा रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन गर्ने कार्य सम्पन्न गरेको छ। कार्यक्रममा रक्तदाताहरुबाट ५७१ पिन्ट रगत संकलन भएको सो बैंकले जनाएको छ।

यसका साथै हालसम्म १६८ पटक रक्तदान गरेका काठमाडौं बागबजार निवासी प्रेमसागर कर्मचार्यलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले उनको योगदानलाई सम्मान गर्दै कदरप्रत्र प्रदान गरेका छन्।

यसैगरी बैंकले २५ औं वार्षिकोत्सवका अवसरमा ‘एनसीसी सिल्भर सेभिङ खाता’, ‘एनसीसी सुगम सिल्भर मुद्दति खाता’, ‘एनसीसी सिल्भर रेमिट सेभिङ खाता’ र ‘एनसीसी सिल्भर रेमिट मुद्दति खाता’ जस्ता आकर्षक निक्षेप खाताहरु सञ्चालनमा ल्याएको जनाएको छ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा, १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटीएम बुथहरु सञ्चालन गरीे ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ।

एनसीसी बैंकले विगत २५ वर्षदेखि आमनागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको जनाएको छ।

IME Life
kumari