प्राइम लाइफ इन्स्योरेन्सको साधारण सभा मंसिर १९ गते
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भोलि मंसिर १९ गते १४औं वार्षिक साधारण सभा हुदैछ । कम्पनीको गत कार्तिक २३ गते विहान बसेको संचालक समितिको बैठकले उक्त मितिमा साधारण सभा गर्ने मिति तय गरेको थियो । भोली सभा दिनको २ बजे गर्ने जनाइएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभामा उक्त प्रस्ताव पारित हुने बताइएको छ ।
सभामा संचालक समितिको तर्फबाट अध्यक्षयले प्रस्तुत गर्ने २०७७ /०७८ को वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण तथा अनुसुचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने एजेण्डा रहेको जनाइएको छ ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले गत मंसिर १० गते बुक क्लोज गरेको थियो। यसका आधारमा मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउन तथा साधारण सभामा भाग लिन योग्य भएका छन् ।


























