citizens life insurance long ad
stcnepal long ad

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ९६ लाख कित्ता सेयरको ९६ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर निष्कासनको सेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको जनाएको छ।

उक्त हाइड्रोपावर कम्पनीको सेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा गत शुक्रबार कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन्।

उक्त हाइड्रोपावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट विद्युत् उत्पादन गर्नेछ। हाइड्रोपावरको निष्कासन तथा बिक्री प्रबन्धका रुपमा सानिमा क्यापिटल रहेको छ।

सम्झौतापत्र आदान–प्रदान कार्यक्रममा कोषका तर्फबाट विभागीय प्रमुख शोभा श्रेष्ठ, उपव्यवस्थापक नारायणप्रसाद घिमिरे लगायतका अधिकारी उपस्थित रहेका थिए।

IME Life
kumari