stcnepal long ad
global ime bank long

नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थान बिच सेवाग्राही कर्जा सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानबिच राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरूलाई विना धितो १५ लाखसम्मको कर्जा उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौता अनुसार नेपाल बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानको सिफारिसको आधारमा संस्थानमा कार्यरत कर्मचारीहरूलाई बिना धितो सुलभ ब्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउनेछ।

नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र राष्ट्रिय बिमा संस्थानका प्रशासक कवि प्रसाद पाठकको रोहवरमा नेपाल बैङ्क लिमिटेडका तर्फबाट काठमाडौँ बैङ्किङ अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बिमा संस्थानका तर्फबाट व्यवस्थापक भोला नाथ घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेको बैङ्कले जनाएको छ।

उक्त कार्यक्रममा नेपाल बैङ्क लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेल, रिटेल कर्जा विभाग प्रमुख निर्मल कृष्ण पाण्डे, मार्केटिङ तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेलका साथै राष्ट्रिय बिमा संस्थानका तर्फबाट सह–व्यवस्थापक रेसमकृष्ण सोम पौडेल, सह–व्यवस्थापक शिशिर चन्द्र देवकोटा र सहायक व्यवस्थापक आशिष् राईलगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंक र राष्ट्रिय बिमा संस्थानबिच धेरै पुरानो र अत्यन्त प्रगाढ सम्बन्ध रहेको स्मरण गर्दै सेवाग्राही कर्जाको यो सम्झौताबाट राष्ट्रिय बिमा संस्थानका सम्पूर्ण कर्मचारीहरू लाभान्वित हुने विश्वास व्यक्त गरे।

त्यसै गरी उनले यी दुई संस्थाहरूबिच पारस्परिक सहयोगको अन्य धेरै सम्भावनाहरू रहेको समेत उल्लेख गरेका थिए । राष्ट्रिय बिमा संस्थानका प्रशासक कवि प्रसाद पाठकले नेपाल बैक लिमिटेडले प्रदान गर्दै आएको सेवा सुविधाहरूको प्रशंसा गर्दै राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरूको लागि विना धितो सेवाग्राही कर्जा लिने सुविधा प्रदान गरेकोमा नेपाल बैक लिमिटेडलाई धन्यवाद समेत दिएका थिए।

उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, काठमाडौँ बैङ्किङ अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बिमा संस्थानका व्यवस्थापक भोला नाथ घिमिरेले पनि आफ्नो विचार व्यक्त गरेका थिए।

IME Lifesidebar
kumari