stcnepal long ad
global ime bank long

संरक्षण र दिगो विकासका लागि सार्वजनिक–निजी–सामुदायिक साझेदारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। इसिमोड (ICIMOD), डाबर नेपाल प्रा.लि. र तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह (CFUG)बीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

इसिमोड(ICIMOD)का प्रबन्ध निर्देशक पेमा ग्याम्त्सो र डाबर (नेपाल र म्यानमार ) का बिजिनेस प्रमुख हरकीरत सिंह बेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा इसिमोड (ICIMOD) रणनीतिक सहयोगका निर्देशक बसन्तराज श्रेष्ठ र डाबर नेपालका मेडिसिनल प्लान्ट प्रमुख अरविन्द राना पनि उपस्थित भएका थिए।

यस पहलको उद्देश्य नेपालको बैतडी जिल्लामा बहुपक्षीय साझेदारीको सदुपयोग गरी वन र आर्थिक उत्पादकत्व बढाएर जीविकोपार्जन र संरक्षणको परिणाम हासिल गर्नु रहेको बताइएको छ। भौगोलिक र हावापानीका हिसाबले बैतडी जिल्लामा टिमुर खेतीको राम्रो सम्भावना छ ।

यही सम्भाव्यताको आधारमा तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह (CFUG), डाबर नेपाल र इसिमोड (ICIMOD) ले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँच वर्षको अवधिमा २५ हजार टिमुरको बिरुवा रोप्न सहकार्य गर्दैछ। यस सार्वजनिक–निजी–सामुदायिक साझेदारीले इकोसिस्टम पुनस्थापना, जीविकोपार्जनका विकल्पहरुलाई बढावा दिने र यस क्षेत्रमा दिगो विकासलाई प्रोत्साहन गर्ने बताइएको छ।

IME Lifesidebar
kumari