stcnepal long ad
global ime bank long

वैद्यनाथ वेद विद्याश्रमलाई महालक्ष्मी बैंकद्वारा सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकले सनातन धर्म संस्कृति बचाउनका लागि धर्म संस्कृतिको विशदज्ञान भएका जनशक्ती उत्पादन गर्ने उद्देश्यले स्थापित श्री वैद्यनाथ क्षेत्र विकास संस्थाद्वारा सञ्चालित वैद्यनाथ वेद विद्याश्रम, अछामलाई रु. एक लाख पचास हजार १,५०,००० रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । आज बिहिबारका दिन बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच बंैकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले संस्थाका संरक्षक तथा पूर्व प्रहरी महानिरिक्षक मोतीलाल बोहोरालाई उल्लेखित रकमको चेक हस्तान्तरण गर्नुभएको छ । बैकले वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत विद्यार्थीहरूका लागि खाना, बास, कपडा लगायत अन्य भौतिक सुविधामा सुधार होस भन्ने हेतुले उक्त सहयोग गरेको थियो। बैंकले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरू गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

IME Lifesidebar
kumari