citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

ट्रियो इलेक्ट्रिक अटोे धनगढीमा पनि गुड्ने भयो

Nimb long ad
Prabhu Insurance Long Ad

धनगढी । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो २०७८  मंसिर १० गते शुक्रबार भव्य समारोहका साथ धनगढीमा पनि सार्वजनिक गरेको छ ।

बुटवल, चितवन, हेटौंडा लगायतका ठाँउहरुमा अग्नि ग्रुप अन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रा.लि.ले ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरे लगतै क्याम्पस रोड, धनगढी–८, कैलालीमा पनि २०७८ मंसिर १० गते  सार्वजनिक गरेको छ । महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट रु ८,४०,००० शोरुमको मूल्यमा प्रस्तुत गरिएको छ ।

महिन्द्रा ट्रियो १०,०००+ सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटर भन्दा बढी दूरी तय गरिसकेकोे छ ।

अग्नि इनर्जीका धनगढीका लागि आधिकारिक बिक्रेता सेन्ट्रल अटो जोन प्रा.लि का प्रबन्ध निर्देशक बि. एण्ड ए. अटोमोटिभ्स प्रा.लि का प्रबन्ध निर्देशक  अभिनाश चौधरीका, धनगढी उपमहानगरपालिकाका मेयर नृप वहादुर वड, महिन्द्रा एल एम एम का निर्यात प्रमुख हिमांशु अग्रवाल तथा अग्नि इनर्जीका वरिष्ट कार्यकारी व्यवस्थापक प्रमोद पोखरेलका साथै धनगढी उपमहानगरपालिका वडा सदस्यहरुका उपस्थितिबिच एक समारोहमा ट्रियो इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्बजनिक गरिएको छ ।

IME Life
kumari