stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल इन्स्योरेन्स कम्पनीले लकडाउनमा सेवा दिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । मंगलबार, ११ चैत्र २०७६

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लकडाउन अवधीमा पनि बीमा सेवा दिनका लागि सम्पर्क व्यक्ति तोकेको छ । इन्स्योरेन्सले एक सूचना प्रकाशित गर्दै सरकारले अघि सारेको लकडाउनलाई सफल बनाउने र बीमितलाई सेवा पनि दिने उदेश्यले किरणमान रञ्जितकार, दयानिधीप्रसाद ओझैया, मिलन सिक्देल र कृष्णराम पराजुलीलाई  सम्पर्क व्यक्ति तोकेको हो ।

‘सरकारले अघि सारेको कोरोना विरुद्धको अभियानलाई सार्थक बनाउनु हाम्रो कर्तव्य हो, साथै आफ्ना बीमितलाई नियमित सेवा दिनु पनि हाम्रो दायित्व हो, त्यसैले सम्पर्क व्यक्ति मार्फत सेवा लिन आव्हान गरेका हौं’, नेपाल इन्स्योेरेन्स कम्पनीका डेपुटी सिइओ बिक्रान्त पाण्डेले बताए ।

कम्पनीले बीमा सेवाका लागि ४ जना र दावी सेवाका लागि ४ जना कर्मचारीको नाम र सम्पर्क नम्बर उपलब्ध गराएको हो । सेवा ग्राहीले घरबाटै बीमा शुल्क भुक्तानी वा दावी गर्न सक्ने पनि पाण्डेले स्पष्ट पारे । कम्पनीले तोकेका सम्पर्क व्यक्तिहरु मार्फत बीमाको जुनसुकै सुबिधा लिन सकिने पनि उनले स्पष्ट पारे ।

‘बीमा भनेको बीमक र बीमित बिचको विश्वास हो, हामीले अनलाइनबाट सबै काम गर्न सक्ने व्यवस्था गरेका छौं, त्यसमा पनि समस्याा भएमा सम्पर्क व्यक्ति मार्फत सबै काम गर्न सकिन्छ’, पाण्डेले भने । सरकारले अघि सारेको लकडाउन नियमअनुसार कम्पनीका सबै शाखाहरु भने बन्द गरिएको उनले स्पष्ट पारे ।

prabhu mahalaxmi
kumari