stcnepal long ad
global ime bank long

उपचार कोषमा राष्ट्रपतिको दुुई महिना, सभामुख/राष्ट्रिय सभाका अध्यक्ष/उपाध्यक्षको १-१ महिनाको पारिश्रमिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । मंगलबार, ११ चैत्र २०७६

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ लाई दुुई महिना बराबरको पारिश्रमिक प्रदान गर्ने भएकी छिन् ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको सङ्क्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोषमा राष्ट्रपतिबाट उक्त पारिश्रमिक प्रदान गर्ने राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

सभामुखको एक महिनाको पारिश्रमिक केन्द्रीय राहत कोषमा

यता, सभामुख अग्निप्रसाद सापकोटाले केन्द्रीय राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउने भएका छन् । विपद्सँग जुध्न कोष स्थापना गर्ने सरकारको निर्णयको स्वागत गर्दै उनले आफ्नो पारिश्रमिक कोषमा जम्मा गर्ने व्यवस्था गरेका हुन् ।

राष्ट्रियसभा अध्यक्षको एक महिनाको पारिश्रमिक कोषमा

यसैबीच, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरसविरुद्ध जुध्न सरकारले बनाएको केन्द्रीय राहत कोषमा एक महिनाको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउने भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कोष स्थापनाको निर्णय गरेको थियो । सो कोषमा अध्यक्ष तिमिल्सिनाले आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका हुन् ।

राष्ट्रियसभा उपाध्यक्षद्वारा कोरोना नियन्त्रण कोषमा एक महिनाको तलब

यता, राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक महिनाको तलब प्रदान गर्ने भएकी छिन् ।

उपाध्यक्ष दाहालले सङ्घीय संसद्, सचिवालयको आर्थिक प्रशासन शाखालाई आफ्नो सरकारी सुविधाबाट प्राप्त एक महिनाको तलब कोषमा जम्मा गर्न निर्देशन दिएकी हुन् । कोभिड–१९ को सङ्क्रमणलाई फैलन नदिन तथा रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैँक सिंहदरबार शाखाको खाता नम्बर १९६०००००११०१ मा कोष स्थापना गर्दै रकम जम्मा गर्न आग्रह गरेको छ ।

IME Lifesidebar
kumari