stcnepal long ad
global ime bank long

नेपाल राष्ट्र बैंकले रु. १४.८१ अर्बको ट्रेजरी बिल जारी गर्दै

केन्द्रीय बैंकले ९१ दिनको लागि २ अर्ब २३ करोडको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी फागुन १० गते परिपक्व हुनेछ ।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंसिर ६ गते १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ।

केन्द्रीय बैंकले ९१ दिन, १८२ दिन र ३६४ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको जनाएको छ । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल फागुन १० गते परिपक्व हुनेछ।

यसैगरी राष्ट्र बैंकले १८२ दिनका लागि १२ अर्ब ४७ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ। यो ट्रेजरी बिल २०७९ साल जेठ १० गते परिपक्व हुनेछ।

यस्तै राष्ट्र बैंकले ३६४ दिनका लागि ११ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल भने २०७९ मंसिर ६ गते परिपक्व हुनेछ।

ट्रेजरी बिलको आज दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्ने जनाइएको छ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

IME Lifesidebar
kumari