citizens life insurance long ad
stcnepal long ad

आज गुरुनानक दिवस

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज गुरूनानक दिवस हो। यश दिन कुपन्डोलमा शिख मन्दिरमा गुरूनानकको पुजा र सम्झना गर्दै उनको उपदेश वाचन गरिन्छ । पञ्जावी शिख गुरु गुरूनानक दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक सन्देश दिदै गुरुनानकले समाजमा शान्ति, सदभाव, सहिष्णुता र लोककल्याणका लागि सबै धर्मका बीचमा सदभाव कायम राख्न गर्नुभएको मार्गदर्शनको परिपालना गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सदभाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने बताएकी छिन् ।

शिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीका अवसरमा आज दिदै शुभकामना सन्देशमा उनले समाजमा विद्यमान सबै प्रकारका विकृति, विसङ्गति एवं विभेदको अन्त्य गर्दै समतामूलक सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन गुरुनानक जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छिन् ।

साथै राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन्।

“हरेक वर्षको कार्तिक शुक्ल पूर्णिमाको दिन शिख धर्मावलम्बीद्वारा आस्था र भक्तिभावका साथ पवित्रस्थल ‘गुरुद्वारा’मा भेला भई पूजाअर्चना, भजन, कीर्तनका साथै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ ।

यस अवसरमा पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को वाचनका साथै सबैका लागि विनाभेदभाव निःशुल्क सामूहिक भोजन गर्ने‘लङ्गर परम्परा’ छ । यस्तो परम्पराबाट समाजमा विद्यमान विविध प्रकारका भेदभावको अन्त्य गर्दै आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्न मद्दत पुग्नेसमेत देखिन्छ”, सन्देशमा भनिएको छ ।

IME Life
kumari