stcnepal long ad
global ime bank long

राप्रपा महाधिवेशन मंसिर १६ देखि १८ मा हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही मंसिर १६ देखि १८ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन गर्ने भएको छ । यसअघि मंसिर ११ देखि १३ गतेसम्म हुने भनिएकोमा उक्त अधिवेशन कार्यसूची अनुसार कार्य सम्पन्न हुन नसकेपछि पार्टीको निर्वाचन समितिको हिजो मंसीर २ गते बसेको बैठकले अधिवेशन पाँच दिन पर सारेको पार्टीका वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिएका छन् ।

विसं २०७६ फागुन २८ मा तत्कालीन राप्रपासँग राप्रपा संयुक्तको एकता भएपछि पहिलो पटक हुन लागेको अधिवेशनमा राजनीतिक, आर्थिक, सामाजिक कार्यपत्र प्रस्तुत गरिने छ भने अन्तरिम विधानलाई संशोधन गरी नयाँ कार्यसमितिको निर्वाचन गरिने छ ।

विधान संशोधन समितिका संयोजक निरञ्जन थापाले हिजो नै विधान संशोधन प्रतिवेदन पार्टी अध्यक्षलाई बुझाएका छन।

अहिलेसम्म ७६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ भने एक लाख ४१ हजार सक्रिय सदस्यको नामावली अभिलेख गरिएको जनाइएको छ । सक्रिय सदस्य थप हुनेक्रम जारी रहेको राप्रपाले बताएको छ । राप्रपाको महाधिवेशन भृकुटीमण्डपमा हुने भएको छ।

IME Lifesidebar
kumari