stcnepal long ad
ime life insurance
national life
global ime bank long

कफीको माग उच्च, उत्पादन बढेन सकेन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालमा उत्पादित कफीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च रहे पनि यसको उत्पादन बढ्न सकेको छैन । सरकारको प्राथमिकतामा नपर्दा कफी उत्पादन बढाउन नसकिएको सरोकारवालाहरूको गुनासो छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार चार दशकअघि गुल्मीबाट नेपालमा व्यावसायिक रूपमा कफी उत्पादन सुरु गरिएको हो । अहिलेसम्म नेपालमा वार्षिक ३१४।५ मेट्रिक टन मात्र कफी उत्पादन भएको तथ्याङ्क पाइन्छ ।

नेपालमा उत्पादित कफीलाई विश्व बजारले उच्च गुणस्तरमा राखे पनि कफी खेतीप्रति सरकारी निकायको बेवास्ताका कारण किसान उत्साहित हुन नसकेको स्वयं कफी किसानले बताउँदै आएका छन् ।

पर्वतका कफी किसान ताराप्रसाद शर्माले सरकारले कफी खेतीलाई प्रोत्साहन गर्ने हो भने नेपालमा कफी खेतीका प्रशस्त सम्भावना रहेको बताउनुुभयो ।

निर्यात बढ्दो
पछिल्लो दुुई वर्षको तथ्याङ्क हेर्दा नेपालको कफी निर्यात राम्रो अवस्थामा पुुगेको र यसलाई अझै राम्रो परिणाम आउने गरी काम गरिरहेको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुुप्रसाद भट्टराईले जानकारी दिनुुभयो ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १० करोड ६७ लाख बराबरको १९८ मेट्रिक टन कफी आयात हुँदा नौ करोड ६० लाख बराबरको ७२ दशमलव ४८ मेट्रिक टन कफी विदेश निर्यात भएको छ । त्यस्तै आर्थिक वर्ष २०७६र०७७ मा पाँच करोड ७७ लाख बराबरको ४६ दशमलव ८९ मेट्रिक टन कफी विदेश निर्यात भएको थियो भने ११ करोड ६० लाख बराबरको २६६ मेट्रिक टन कफी नेपाल आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । नेपालको कफी युरोप र अमेरिकामा बढी निर्यात हुँदै आएको डा. भट्टराईको भनाइ छ ।

समर्थन मूल्य निर्धारण
बोर्डले मङ्सिर १ गतेदेखि लागू हुने गरी कफीको मूल्य पनि सार्वजनिक गरेको छ । बोर्डका अनुसार किसानको लागत मूल्य र सरोकारवालाको सुझावलाई आधार बनाएर यस वर्ष पनि कफीको मूल्य निर्धारण गरिएको हो ।

यस अनुसार फ्रेस चेरी ग्रेड ए कच्चा कफीको मूल्य प्रतिकेजी ९० रुपियाँ तोकिएको बोर्डका कार्यकारी निर्देशक भट्टराईले बताउनुुभयो । त्यसैगरी ग्रेड बीको सो कफीको प्रतिकेजी ८० रुपियाँ मूल्य तोकिएको छ । पार्चमेन्ट ग्रेड ए कच्चा कफीको मूल्य प्रतिकेजी ४५० रुपियाँ र ग्रेड बी सो सोही कफीको मूल्य ३९७ निर्धारण गरिएको छ ।

बोर्डले ड्राइचेरी ग्रेड ए कच्चा कफीको प्रतिकेजी मूल्य १४८ रुपियाँ मूल्य तोकेको छ भने बी ग्रेडको सोही कफीको प्रतिकेजी मूल्य ९५ रुपियाँ निर्धारण गरेको छ ।

नेपालमा १२ लाख हेक्टर जमिनमा व्यावसायिक कफी उत्पादन गर्न सकिने भए पनि हाल तीन हजार ५३ हेक्टरमा मात्रै कफी खेती भइरहेको कार्यकारी दिर्नेशक भट्टराईले जानकारी दिनुुभयो ।

बोर्डले तिनै तहका सरकारको बीचमा एकीकृत कार्यक्रमको अवधारणा अगाडि बढाउँदै उत्पादन केन्द्रित कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकारलाई प्राविधिक सहयोग उपलब्ध गराउने नीति अगाडि सारेको जनाएको छ । प्रदेश २ बाहेक सबै प्रदेशमा कफी खेती गर्न सकिने विज्ञहरूले बताउँदै आएका छन् ।आजको गोरखापत्र दैनिकबाट

IME Lifesidebar
kumari