sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

मंसीर ३ देखि ५ गतेसम्म बौद्वको हयात होटल परिसरमा १८ ओैं हस्तकला ट्रेड फेयर गर्दैछौं

Nimb long ad
Prabhu Insurance Long Ad

रविन्द्र शाक्य,उपाध्यक्ष

नेपाल हस्तकला महासंघ

रविन्द्र शाक्य पुराना हस्तकला उद्यमी तथा व्यवसायी हुन। उनी नेपाल हस्तकला महासंघका वर्तमान उपाध्यक्ष पनि हुन् । यही मंसिर ३,४ र ५ गते बौद्धस्थित हायात होटल परिसरमा महासंघले १८ औं हस्तकला ट्रेड फेयर तथा १६ औं हस्तकला प्रतिस्पर्धा आयोजना गर्दैछ। यसको तयारी यसद्वस्तरमा भैरहेको छ। स्टल बनाउने,प्रचार प्रसार र निम्तो बाडने काम भैरहेको छ । १८ ओैं हस्तकला ट्रेड फेयरका मुख्य संयोजक समेत रहेका शाक्यसँग गरिएको छोटो कुराकानी गरेका छौं । प्रस्तुत छ वार्ताको प्रमुख अंश:

 अठारौं हस्तकला मेला किन आयोजना गर्न लाग्नु भएको हो ?

–कोरोना महामारीले हस्तकलाको बजारलाई पारेको असरलाई हटाउन नेपाल हस्तकला महासंघ हस्तकलाकर्मीहरुको विकास र बजारमा पहुँच पुरयाउन हामीले यही मंसीर ३,४ र ५ गते १८ औं हस्तकला मेला बौद्धस्थित होटल हायातमा गर्दैछौं । यो मेलाले नेपाली हस्तकलाको बजारलाई थप विस्तार,प्रवर्द्वन र प्रचार प्रसार गर्न सहयोग गर्नेछ । यो मेला कोरोना महामारीबाट अघि बढेकोे अवस्थामा महत्वपूर्ण हुनेछ । मेलाले हस्तकलाकर्मीहरुलाई धेरै सकारात्मक उर्जा दिने अपेक्षा गरेका छौं ।
कोरोना महामारीपछि हस्तकला उधोगको पछिल्लो अवस्था कस्तो छ ?

कोरोना महामारीले हस्तकला उधोग क्षेत्रमा र सबै क्षेत्रलाई असर गरेको देखिएन । परम्परागत हस्तकलालाई असर गरेको देखियो । अन्य र नयाँ हस्तकलामा खासै असर गरेको छैन । हाम्रो तथ्याङ्कले के भन्छ भने धेरै निसाश हुनु पर्दैन । यो बेला वार्षिक रुपमा १० अर्वमा निर्यात भइरहेको हस्तकलाको बजार ७ अर्वमा मात्रै खुम्चिएको छ । पछिल्लो समय चार्टड फ्लाइटहरु महँगो हुँदा केही असर देखिएको छ । सबै फ्याइटहरु नियमित सुचारु हुँदा यो हटेर जान्छ भन्ने विश्वास लिएका छौं ।

 हस्तकलाको बजार विस्तार गर्न तपाईहरुले अरु के के काम गर्नु भएको छ ?

कलाकारहरुलाई परिचय पत्र बाड्ने, करको दायरमा ल्याउने,व्यावसाय दर्ता गर्न लगाउने, निर्यातका लागि एक्जिम कोड लिन लगाउने, भंसारमा अनलाइन सिस्टम लागू गराउने काम भएका छन्।

हस्तकलाको बजार विस्तारका लागि स्थानीय स्तरमा हस्तकला मेला भइरहेका छैनन, किन होला ?

कोरोनाका कारण धेरै मेला भइरहेका छैनन् । काठमाडौं लगायत देशभर हामीलाई प्रर्दशनी गर्न ठाँउ नै छैन । हामीले केही दिन अघि भाटभटेनीको पार्किङमा प्रर्दशनी गर्यौ । त्यहाँको प्रर्दशनी राम्रो भयो । यसले हामीलाई सकारात्मक उर्जा दिएको छ । त्यसैले हामी हायातमा प्रर्दशनी गर्न गइरहेका छौं । अहिले भृकुटीमण्डपको हलको मर्मतको काम भइरहेको छ । खुला ठाँउमा स्वास्थ्य मापदण्ड अपनाएर हायातमा हस्तकला मेला गर्न लागेका छौं । 

हस्तकलाको आगामी भविश्य कस्तो देख्नु हुन्छ ?

हस्तकलाको राम्रो सम्भावना भनेको विदेश निर्यातको नै हो । दुई–तीन बर्षको अन्तरमा संचारमाध्यमहरुबाट हस्तकलाको राम्रो प्रचार भएको छ । नेपाली बजारमा ढाकाको कपडा, सजावट लगायतमा धेरै प्रयोग भएको छ । आन्तरिक बजार धेरै नै बढेको छ । सम्भावना भएर नै आन्तरिक बजार चलायमान भएर आएको छ ।

आन्तरिक बजार विस्तार गर्न तपाईहरुले के गरिरहनु भएको छ ?

हामीले धेरै नै काम गरेका छौं । तालिमहरु दिएका छौं । तालिमपछि रोजगारी बढेको छ । हस्तकला महसंघले ती हस्तकलाका सामान बिक्रि गर्न ‘इ कला नेपाल डट कम’ पोर्टल नै निर्माण गरेर हस्तकला सामान बिक्रि सुरु गरेको छ । यसले हस्तकलामा नयाँ पुस्तालाई पनि आकर्षित गरेको छ । कोरोना कारण हस्तकला व्यवसायी आक्रान्त भएका छन् । अर्थतन्त्रमा असर परेको छ । सबै निराशातिर गइरहेको अवस्थामा अलिकति चलायमान बनाएर स्थानीय, प्रदेश र केन्द्र सरकारलाई हस्तकला व्यवसायको विषयमा उजागर गरेर प्रर्दशनीमार्फत व्यावसाय विस्तार गर्न खोजेका हौं ।
किन पाँचतारे हायात होटलमा प्रर्दशनी गर्दै हुनुहुन्छ ?

अघिल्ला बर्षहरुमा भृकुटी मण्डपमा हस्तकला प्रर्दशनी गर्दा सरकारी र कुटनीतिक क्षेत्रका सरोकारवालाहरु नआउने अवस्था भयो । त्यहाँको पार्किङको अवस्था राम्रो नभएको हुँदा हामीले यस पल्ट हायात होटलमा प्रर्दशनी गर्दैछौं । उच्च पदस्थ व्यक्ति, नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारीहरुले हाम्रो हस्तकलाको गुणस्तर र क्षमता हेर्न पाउनु भएकै छैन । हामीले उहाँहरुलाई हाम्रो क्षमता देखाएपछि आफ्नो देशमा प्रचार(प्रसार गर्न सक्नु हुन्छ । उचित नीतिहरु ल्याउनु होला र नेपाल सरकारले सहज स्वीकार गर्ला भन्ने लाग्छ । यसबाट हामी धेरै उत्साहित पनि भएका छौं ।

प्रर्दशनी कतिको सहभागी हुने अपेक्षा छ ?

विगतमा भृकुटीमण्डपमा हुने प्रर्दशनीमा दुई(तीन लाख दर्शकले प्रर्दशनी अवलोकन गरेका थिए । अहिलेको स्वास्थ्य मापदण्डका कारण कोरोना शिथिल नभएको अवस्थालाई हेर्नैपर्छ । कम्तिमा दैनिक २० देखि २५ हजार जनाले प्रर्दशनी हेरे पनि हामी प्रर्दशनी सफल भएको मान्छौं ।

हस्तकलाको चाहे जति विकास हुन नसक्नुमा समस्या नेपाली हस्तकलामा छ कि सरकारी नीतिमा रहेको छ ?

नेपाल सरकारले १० अर्ब निर्यात हुने हस्तकलालाई प्राथमिता नै दिएको छैन । कच्चा पदार्थको एकदमै अभाव रहेको छ । नीतिगत कुनै व्यवस्था छैन । नीजि क्षेत्रले जे जति कच्चा पदार्थ ल्याउछ त्यसकै भरमा चलेको छ । उत्पादनमा हामी एकदमै सक्षम छौं ।

गुणस्तर सामान बनाएका पनि छौं, बनाउछौं पनि । हस्तकला हेर्ने कुनै सरकारी कार्यालय छैन । हामीले धेरै मेहनत गरेर देशभरका सबै संस्थाहरुलाई जम्मा गरेर हस्तकला नीति बनाएर सरकारलाई बुझाएको आज आठ दश वर्ष भइसक्यो । हस्तकला हेर्ने मन्त्रालय, विभाग केही पनि नहुँदा हाम्रो बारे बुझ्ने र हाम्रो समस्या सुन्ने कुनै निकाय छैन ।

हाम्रो समस्या हेर्न एउटा सरकारी निकाय खडा गरिदिनु जरुरी छ । सम्भव भए मन्त्रालय नभए विभाग खडा गर्नु जरुरी छ । अस्थिर सरकार र सरकारी निकायका कारण हामीले समाधानका उपाए बुझाए पनि कर्मचारी सरुवा भएर जाँदा हाम्रो समस्या अलपत्र परेको छ।

आधुनिकीकरण व्यवसायिकीकरणका लागि हस्तकलामा पनि प्रविधि प्रयोग गर्नुपर्ने आवाज उठ्न थालेको छ, मेलामा प्रविधि प्रदर्शनी गर्ने योजना पनि छ की ?

.यसपटक प्रविधि प्रदर्शनीभन्दा पनि हामीले पुस्तान्तरणका लागि तीन पुस्ताको जेनेरेसनलाई समेट्न खोजेका छौं । ६० वर्षभन्दा माथिका कालीगढ कलाकारले के गरिरहेका छन, उनीहरुको सोच, प्रविधि कस्तो छ ? ४० देखि ६० वर्षका कलाकार र कालीगढमा त्यसले कस्तो प्रभाव पारेको छ भन्ने देखाउन खोजिएको छ ।

त्यस्तै नयाँ पुस्ता के गर्दैछ भन्ने बुझ्न तारागाउँ कल्चर सेन्टरमा तीन विधाका हस्तकलालाई देखाउन खोजेका छौ । त्यहाँ पेन्टिङ, धातुकला र भाँडाकुँडा रहने छन् । त्यहाँ ६० वर्षभन्दा माथि, मिडल एजका अर्थात ४० देखि ६० वर्ष उमेर र पछिल्लो पुस्ताले बनाएका हस्तकलाका सामाग्री प्रदर्शनीमा राखिने छन् ।

साथै ७० वर्षभन्दा माथिका वरिष्ठ कलाकार सम्मान कार्यक्रम पनि गरिने छ । ७० वर्षभन्दा माथिका कलाकारका कतिपय सीप र प्रविधि नै लोप हुने अवस्थामा पुगेको छ । कालिगढहरू पाको हुँदै गएपछि काम गर्न नसक्ने उनीहरूको सीप,कला र प्रविधि पुस्तान्तरण पनि नहुने अवस्था देखिएको छ ।

आन्तरिक बजारका साथै अन्तराष्ट्रिय बजार प्रवर्द्वन पनि मेलाको उद्देश्य रहेको देखिन्छ, अन्तराष्ट्रिय बजार प्रवर्द्वनका लागि के कस्तो काम हुनेछ ?

त्यसका लागि हामीले नेपालस्थित सबै विदेशी कुटनीतिक नियोग, नेपालस्थित विदेशी राजदूत र अन्तर्राष्ट्रिय संघ(संस्थाहरुलाई आमन्त्रण गरेका छौं । यहाँ भएका ४० वटा कुटनीतिक नियोग र दूतावासहरुमा पत्राचार गरिसकेका छौ ।

५० प्रतिशतभन्दा बढीले चासो देखाउनु भएको छ । यसमा नेपाल सरकार,उधोग बाणिज्य मन्त्रालयका तर्फबाटै पहल हुन सकेको भए अझै राम्रो हुन्थ्यो भन्ने लागेको छ । यसका लागि हामीले नेपाल पर्यटन वोर्डसँग कुराकानी गरेका थियौं।

तर वोर्डको आन्तरिक समस्याका कारण प्रयास र पहल सफल हुन सकेन । तर पनि सञ्चार माध्यम र सेलीव्रेटीहरुमार्फत प्रचार प्रसारको काम भइरहेको छ । त्यस्तै निजी क्षेत्रका अन्य लिडिङ छाता संगठनहरुको सहयोग रहेको छ ।

सोसियल मिडियाको पनि व्यापक प्रयोग गरिएको छ । हायात रिजेन्सी होटल विश्व सम्पदा सूची क्षेत्र वौद्धमा रहेको छ र हाम्रो लक्ष्य पनि वौद्धका पर्यटक पनि केन्द्रित रहेकोले त्यहाँ पर्यटक, व्यवसायिक व्यक्तित्व र स्थानीय व्यक्तित्वलाई मेलामा समेटेर हाम्रो कलालाई उजागार गर्न सकियो भने त्यसले ठूलो सपोर्ट पुग्न सक्छ ।

आन्तरिक तहमा बजार प्रवर्द्वन गर्ने कुनै योजना छैन ?

ठिक प्रश्न गर्नु भयो। अहिलेसम्म हाम्रो हस्तकला निर्यात केन्द्रित छ तर तीनवटै तहका सरकारले खपत गर्ने उपहार र पुरस्कार आदि वस्तुमा नेपाली हस्तकलालाई समावेश गर्न सकियो भने पनि हस्तकलाको ठूलो बजार हुनसक्ने अवस्था रहेको छ ।मेलाका तीनवटै तहका नेपाल सरकारका प्रतिनिधिहरुको सहभागिता पनि मेलाको मुख्य उद्देश्य रहेको छ ।

हस्तकला प्रवर्द्धन वर्षको अवसरमा महासंघले हस्तकला प्रवर्द्वनका लागि विभिन्न कार्यक्रमम संचालन गरिरहेको छ, कार्यक्रमको उपलब्धि चाहिँ कस्तो रहेको छ ?

कोरोना महामारीका कारण निराश बनेका हस्तकला व्यवसायीलाई पुनरजीवन दिनुपर्छ भनेर हामीले चालू आर्थिक वर्षलाई हस्तकला वर्ष नै घोषणा गरेर हस्तकलाको बजार प्रवर्द्वनका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेका छौं ।

हस्तकला वर्षका लागि हामीले ठूला(साना गरी करिब २५ वटा कार्यक्रम तय गरेका थियौ। जसमध्ये ७० प्रतिशत कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेका छन् । यसमा हाम्रा सदस्य महानुभाव र मिडियाबाट पनि ठूलो सहयोग र सपोर्ट मिलेको छ । उहाँहरुलाई हृदय देखि धन्यवाद दिन चाहन्छु । हामीले निजीस्तरबाट हस्तकला वर्ष त घोषणा गयौ,तर अब राष्ट्रिय रुपमै मान्यता दिनुपर्ने आवश्यकता देखिएको छ ।

हस्तकला दिवस नै मनाउनुपर्ने महशुस गरेका छौं । सरकारले विभिन्न वस्तुलाई आयात(निर्यात क्षेत्रमा वर्गिकरण गरेको छ । तर हस्तकलालाई पनि एउटै डालोमा राखिएको छ । हस्तकला भनेको सिमेन्ट, डण्डी, चाउचाउ, विस्कुट जस्तो वस्तु होइन । हस्तकला भनेको स्वदेशी श्रम, सीप र कच्चा पदार्थमा आधारित निर्यातजन्य वस्तु हो ।

त्यसैले राज्यले हस्तकलालाई एउटै नजरबाट हेर्नु हुँदैन, छुट्टै नीति, छुट्टै निकाय आवश्यक देखिएको छ । यस्तो गर्न सकियो भने देशको निर्यात व्यापारमा सुधारका साथै स्वरोजगारी सिर्जनामा पनि ठूलो सहयोग पुग्ने निश्चित छ ।

हस्तकला महँगो छ, ठूलो परिमाणमा उत्पादन गरेर सस्तो बनाउन सकिँदैन ?

नेपाली हस्तकला तुलनात्मकरुपमा महँगो छ, यसलाई स्वीकार्नु पर्छ । सरकारवाट सहयोग र सर्पोट नभएकै कारण महँगो हुन गएको हो । अर्को विदेशी मोहका कारण पनि यस्तो भएको हो, सर्वसाधारणमा मात्र होइन, राज्यमासमेत विदेशी वस्तु मोह छ ।

आयातित सामान राम्रो हुने, स्वदेशी उत्पादनमा नाक खुम्च्याउने सोचलाई निरुत्साहित गरेर स्वदेशी उत्पादन नै उपयोग गर्ने वातावरण बनाउन सकियो भने स्थानीय बजारमै खपत बढ्न सक्छ र खपत बढेपछि बढी उत्पादन गरेर लागत घटाउन सकिन्छ ।

हस्तकलामा अनलाइन बजारको उपयोगको अवस्था कस्तो छ ?

कोरोना महामारीको कारण हस्तकलामा पनि अनलाइन मार्केट फस्टाएको छ । कोरोनाको नकारात्मक असर भएतापनि अनलाइन मार्केट प्रवर्द्वनमा भने बरदान नै सावित भएको छ । विदेशी कम्पनीले नेपाल आएर अनालाइन मार्फत व्यापार गरिरहेका छन भने हामी कि नगर्ने ? त्यसैले हस्तकलाको अनलाइन कारोबारका लागि महासंघले आफ्नै अनलाइन पोर्टल निर्माण गरेको छ । जसको यही मंसीर ३ गते मेला उदघाटनकै अवसरमा सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा ज्यूबाटै शुभारम्भ गर्दैछौं ।

prabhu bank
nawakantipur long