stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

केन्द्रीय बैंकले १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने, आजै बोलकबोल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल । सोमबार,१० चैत्र २०७६
काठमाडौं नेपाल राष्ट्र बैंकले १० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार (चैत १० गते) अपराह्न ३ बजे बोलकबोल हुनेछ ।
केन्द्रीय बैंकले ९१ दिनको लागि ४ अर्ब ३ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०७७ असार ९ गते परिपक्व हुनेछ । १८२ दिनको लागि ४ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गर्दैछ । यो ट्रेजरी २०७७ असोज ६ गते परिपम्व हुँदैछ । त्यस्तै, १ वर्षको लागि २ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्ने छ । यो ट्रेजरी २०७७ चैत १० गते परिपक्व हुने केन्द्रीय बैंकले जनाएको छ ।
सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
prabhu mahalaxmi
kumari