stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सज्जा चौलागाईको ‘आई मिस यु’ बोलको म्युजिक भिडियो सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गीतकार राजश्री बस्न्यात श्रेष्ठले अल्पायुमै गुमाउनु परेका २ जना छोरीहरुको सम्झनामा लेखेको ‘आई मिस यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सेण्टिमेण्टल भर्सनको यस गीतमा नेपाल आइडल ३ कि विजेता गायिका सज्जा चौलागाईको सुमधुर स्वर सुन्न सकिन्छ।

वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यले संगीतवद्द गरेको यस गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन्। स्वयम् गीतकार श्रेष्ठ फिचर्ड म्युजिक भिडियोमा गरिमा शर्मा र श्रेया सिटौलाले छोरीहरुको भूमिका निभाएका छन् । उत्तम हुमागाईले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्।

मनिक लाल श्रेष्ठ निर्माता रहेको भिडियोलाई गीतकार श्रेष्ठको परिकल्पना र निर्देशनमा तयार पारिएको हो। गीतकार श्रेष्ठको आधिकारिक च्यानल ‘राजश्री स्टोरिज’ मार्फत भिडियो सार्वजनिक गरिएको हो। गीतकार श्रेष्ठले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेकी छिन्।

prabhu mahalaxmi
kumari