stcnepal long ad
ime life insurance
global ime bank long

माछापुच्छ्रे बैंकले काठमाडौँ र भक्तपुरका १६ ठाउँमा हात धुने व्यवस्था गर्यो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल आइतबार,९ चैत्र २०७६

काठमाडौँ । माछापुच्छ्रे बैंक र महानगरीय प्रहरी कार्यालयको संयुक्त पहलमा हाल विश्वभरका अधिकांश देशमा देखिएको कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुन अनुरोध गर्दै काठमाडौँका विभिन्न स्थानमा साबुन पानीको व्यवस्था गरेको छ ।

माछापुच्छ्रे बैंकले आईतबारदेखि काठमाडौँको अत्यन्त भिडभाड हुने स्थान नयाँ बानेश्वर चोकमा ५००० लिटरको पानी ट्याङ्की तथा साबुन/स्यानिटाईजरको व्यवस्था गरेको हो । बानेश्वर चोकमा व्यवस्था गरिएको हात धुने ठाउँको महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौँका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल तथा माछापुच्छ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिृकत सन्तोष कोइरालाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

अत्यावश्यक कामका लागि बाहिर निस्किने आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै बैंकले बानेश्वर चोक लगायत काठमाडौँ तथा भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा हात धुने ठाउँको व्यवस्था गरेको हो ।

बैंकिङ्ग क्षेत्र अत्यावश्यक क्षेत्र अन्तर्गत पर्ने भएको हुनाले माछापुच्छ्रे बैंकले आफ्नो मुख्य कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरुमा ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पर्याप्त स्यानिटाईजरको व्यवस्था गरेको जनाएको छ ।

बैंकले अत्यावश्यक बाहेकका अन्य कामको लागि सकेसम्म बाहिर ननिस्किन आग्रह गर्दै बैंकिङ्ग कारोबारका लागि बैंकले प्रदान गर्दै आइरहेका बिभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको उपयोग गर्न सबैंमा आग्रह गरेको छ ।

साथै बैंकले प्रदान गर्दै आइरहेका डिजिटल भुक्तानीका माध्यमहरुबाट कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने हुँदा नगद कारोबार लाई कम गरिदिनु हुन समेत सम्पूर्ण ग्राहकहरुमा आग्रह गरेको छ ।

/

prabhu mahalaxmi
kumari