stcnepal long ad
ime life insurance
national life
global ime bank long

लामो दुरीका सवारी रोक्ने निर्णय स्वागत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, ९ चैत्र २०७६

काठमाडौं । सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालले सरकारले कोरोना भाइरस भित्रन् नदिन गरेको प्रयासलाई स्वागत गरेको छ । महासंघले काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरि सरकारले लामो दुरीका सवारी रोक्ने निर्णय स्वागत योग्य भएको बताएको छ ।

महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले नेपाल सरकारले कोरोना भाइरस आउन नदिन जुन किसिमका कामहरु गरेको त्यसको लागि महासंघले हातेमालो र सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रवार राष्ट्रका नाममा जुन सम्वोधन गर्नुभएको छ त्यसमा पनि महासंघले स्वागत गरेको अध्यक्ष अधिकारीले बताए ।

अधिकारीले कोरोनाको संक्रमण भित्रन नदिन भारतबाट भित्रने भारतीय नागरिक पनि पूर्ण रुपमा रोक्न सरकारलाई आग्रह गरे । साथै अधिकारीले नेपाली सवारी साधनहरुलाई ज्वरो नाप्ने यन्त्र, मास्क जस्ता सामानहरु उपलव्ध गराई दिन समेत सरकारलाई आग्रह गरेका छन् ।

सरकाले तोकेको भन्दा कुनै सवारीले धेरै भाडा लिएको पाइएमा कारवाहीको दायरामा ल्याउन महासंघले सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । सम्बाद क्लब नेपालमा भएको उक्त कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भारतबाट नेपाल आउने सवारी साधनमा आउने मानिस भित्रता सरकारले प्रभावकारी रुपमा चेकजाँच गर्न नसकेको आरोप लगाएका छन् ।

महर्जनले भारबाट नेपाल आउने सुनौली नाकामा विहान ६ बजे देखि वेलुका ६ बजे सम्म चेकजाँच भए पनि रातीको समयमा चेकजाँच गर्ने काममा लापरवाही भएको आरोप लगाउँदै साथै सरकारले सवै क्षेत्रको अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाउन जरुरी रहेको र जनता पनि सजक हुन जरुरी रहेको महर्जनले बताएका छन् ।

IME Lifesidebar
kumari