stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आजबाट तिहार पर्व शुरू

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । तिहार अर्थात दीपावली पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदैछ ।

मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन आज सुनचाँदी र धातुका नयाँ सामान खरिद गरेर धनतेरस मनाइन्छ। कात्तिक कृष्ण त्रयोदशीको रात पर्ने दिनलाई मध्यतराइ मिथिलामा ‘धनतेरस’ भनिन्छ । यस दिन नयाँ धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने मैथिल परम्परा रहिआएको छ ।

आज बिहान ९ बजेअघि नै त्रयोदशी तिथि प्रारम्भ भएको हुँदा नक्षत्रादिको भोगले बिहान ११ बजेपछि धातुका नयाँ सामान खरिद गर्न शुभ रहेको मैथिल परम्परा र कर्मकाण्डका ज्ञाताहरू बताउछन।

घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ खरिद गरिएका सुनचाँदीका असर्फि, धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ । मिथिलामा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा तिथि, बार, नक्षत्र एवं चाडपर्वको छिनोफानो गरिन्छ । दुवै पञ्चाङ्गमा आज नै धनतेरस उल्लेख रहेको छ।

कात्तिक कृष्ण त्रयोदशीकै दिन मनाइने धन्वन्तरी जयन्ती अर्थात आयुर्वेदिक दिवश पनि आजै परेको छ ।

दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्वको परम्परा चलेको हो।

मिथिला क्षेत्रमा ‘दिवाली’को पहिलो दिन नै बजारबाट खरिद गरेर ल्याइएको धातुका गहना वा भाँडालाई लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर यो पर्व विधिवत सुरु गरिने परम्परा छ ।

सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दिवाली’ पर्व सुरु गरिन्छ । पर्व विशेषका कारण आज तामा, पित्तल र काँशका भाँडा पसल तथा सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भीडभाड रहन्छ । मिथिलामा आज किनिएको सामान शुभफल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास रहिआएको छ ।

आज के–के खरिद गरिन्छ ?

भगवान् धन्वन्तरीलाई पित्तल मनपर्ने भएकाले यस दिन विशेष रूपमा पित्तलका सामानहरू खरिद गरिन्छ । नेपाली बजारमा यस दिन विशेषगरी पित्तलका थाल, गिलास, कचौरा, कलशहरूको खरिद–बिक्री हुने गर्छ ।

धनतेरसको दिन खरिद गरिएको कुवेर यन्त्र तथा श्री यन्त्रलाई शुभ मानिन्छ । यस दिन किनिएको यन्त्रलाई घरको दराज तथा पसल व्यवसायमा राख्नाले वर्षभर पैसाको कमी नहुने जनविश्वास गरिन्छ ।

साथै यस दिन लक्ष्मी र गणेशको लोगो भएको चाँदीको सिक्का खरिद गर्ने प्रचलन छ । चाँदीका सिक्का खरिद गर्न नेपाल राष्ट्र बैंकको टक्सार शाखामा सर्वसाधारण नागरिकको भिड लागेको छ। यसले घरमा शुभफल दिनुका साथै समृद्धि भित्रिने जनविश्वास रहेको छ ।

धनतेसरमा अधिकांशले कुचो खरिद गर्ने गरेको पाइन्छ । यस दिन कुचो किनेर घरमा ल्याउँदा पैसाको अभाव नहुने तथा घर परिवारका सदस्यलाई रोगले नसताउने जनविश्वास छ ।

सवारी साधन खरिद गर्नेहरू पनि यसै दिनको प्रतीक्षामा रहेका हुन्छन् । यस दिनलाई सवारी साधन खरिद गर्न शुभ मानिनुका साथै नेपालमा दसैंरतिहारको अफर पनि चल्ने भएकाले यस दिन सवारी साधनको बिक्रीसमेत अत्याधिक हुने गर्दछ ।

आजदेखि भाइटीकाको दिनसम्म व्यवसाय तथा व्यक्तिगत कारोबारमा उधारो गर्दा अशुभ हुने जनविश्वाससमेत रहेको छ । आजकै दिनदेखि तिहार सुरु भए पनि तिथिमा परेको घटबढका कारण भोलि बुधबार नै काग तिहार र कुकुर तिहार मनाइँदै छ । विहान ७:३० बजे अधि काग तिहार र त्यसपछि कुकुर तिहार रहेको छ।

prabhu mahalaxmi
kumari