citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङ्गको स्तरोन्नत्ती

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ्ग सेवालाई प्रतिस्थापन गर्दै Omni Channel मा आधारित अत्याधुनिक BankXP System मा स्तरोन्नत्ती गर्दै २०७८ साल कार्तिक १५ गते उक्त सेवाको शुमारम्भ गरेको छ ।

यस बैंकले प्रदान गर्दै आएको मोबाइल बैंकिङ्ग सेवालाइ थप प्रविधिमैत्री एवंम समय सापेक्ष बनाउने उद्देश्यका साथ हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ्ग सेवालाई प्रतिस्थापन गरिएको हो । यसबाट ग्राहक महानुभावहरुलाई डिजिटल कारोवार गर्दा सहज हुनुका साथै छिटो, छरितो, चुस्त तथा दुरुस्त हुने विश्वास यस बैंकले लिएको छ ।

यस सेवाको सुरुवात सँगै अब ग्राहक महानुभावहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सुविधा मोबाइलका साथै वेब ब्राउजरका माध्यमबाट समेत लिन सक्नुहुनेछ । यसका साथै यस सेवामा अनेकन अत्याधुनिक विशेषताहरु छन् ।

यस सेवा अन्तर्गत बैंकमा खाता नै नभएका महानुभावहरुले समेत बैंकिङ्ग कारोबार गर्न सक्नुहुनेछ । यस सेवामा रहेको ई क्यास सुविधा अन्तर्गत यस बैंकमा खाता नभएका ग्राहक महानुभावलाई मोबाइल नं को आधारमा रकम पठाउन सकिने प्रबन्ध मिलाईएको छ ।

यसका साथै ई भौचर सुविधाले बैंकमा आएर भौचर भर्नुपर्ने अवस्थाको समेत अन्त्य गर्ने छ । घरमा नै बसीबसी सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्ले सञ्चालनमा ल्याईएको यस सेवा अन्तर्गत ग्राहकहरुले मुद्दती खाता खोल्ने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोड मार्फत भुक्तानी गर्ने लगायतका विभिन्न उपयोगी सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

यस प्रयोगकर्ता मैत्री प्रविधि, BankXP System मा स्तरोन्नत्ती गरे सँगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोवाईल वा कम्प्यूटरका माध्यमबाट घरमै बसिबसि विभिन्न बैंकिङ्ग सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

यस सेवालाई प्रयोग गर्नका लागि Android को Playstore / IOS को Appstore बाट ग्राहक महानुभावहरुले Mahalaxmi BankXP डाउनलोड गर्न सक्नुहुनेछ । यस बैंकको वेबसाईट WWW.mahalaxmibank.com बाट पनि उक्त सेवालाई सजिलै प्रयोग गर्न सकिने छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chip based Travel Card, eCommerce card / Dollar card जारी गरिसकेको छ । समग्रमा chip based Travel Card, eCommerce card / Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक: महालक्ष्मी विकास बैंक रहेको छ ।

 

himalayan life insurance
igi long