stcnepal long ad
ime life insurance
global ime bank long

बालबालिकालाई तिहारपछि फाइजर खोप

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ। बाह्र वर्षमाथिका बालबालिकालाई कोरोना विरुद्धको पहिलो खोप ‘फाइजर’ लगाइने भएको छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सहयोगमा उपलब्ध भएको फाइजर–बायोएनटेकको पहिलो डोज तिहारपछि लगाइने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार बालबालिकालाई खोप लगाउन काठमाडौँ उपत्यकाका नौ र उपत्यकाबाहिरका १५ गरी २४ वटा अस्पतालमा तयारी थालिएको छ । त्यस्तै कात्तिकको अन्त्यतिर दीर्घरोग भएकालाई समेत खोप दिने जनाइएको छ ।

सहप्रवक्ता डा. अधिकारीका अनुसार फाइजर–बायोएनटेकको एक लाख ६२० डोज नेपाल भित्रिसकेको छ । प्राप्त खोपले १२ वर्षमाथिको उमेर समूहका सबैलाई पुग्दैन । त्यसैले हालका लागि २४ वटा अस्पतालबाट मात्र खोप दिइने जनाइएको छ ।

उहाँले खोपको निरन्तर आपूर्तिबाट कोभिड–१९ विरुद्धको खोप अभियानलाई विस्तार गरिने समेत बताउनुभयो । सरकारले सकेसम्म ४० लाख मात्रा मोडर्ना खोप एकै पटक ल्याउने गरी तयारी थालेको समेत सहप्रवक्ता डा. अधिकारीले जानकारी दिनुभयो । मोडर्ना खोप तिहारपछि ल्याउने गरी प्रक्रिया अघि बढेको समेत जनाइएको छ ।
उहाँका अनुसार सम्भवतः सन् २०२१ को अन्त्यसम्ममा खोप ल्याइने छ । केही ढिला भएमा सन् २०२२ को सुरुसम्ममा आउने छ ।

अन्य खोपको दाँजोमा मोडर्ना र फाइजरजस्ता कोभिड खोपहरू लामो समय भण्डारणका लागि निकै कम तापक्रममा राख्नुपर्छ । मोडर्ना खोप छ महिनासम्म भण्डारण गर्न माइनस २० डिग्री सेल्सियस तापक्रम कायम गर्नुपर्छ तर एक महिनासम्म राख्नका लागि भने अन्य खोपसरह दुईदेखि आठ डिग्रीमै राख्न सकिने विज्ञहरूले जनाएका छन् ।

उहाँले भन्नुभयो, “हामीसँग दुईदेखि आठ डिग्री खोप भण्डारण गर्न सक्ने ठाउँहरू धेरै छन् । त्यसैले हाम्रो प्राथमिकता खोप ल्याएर लामो समय राख्नेभन्दा ल्याएपछि जतिसक्दो छिटो लगाउने भन्ने नै हो ।”

उहाँका अनुसार ४० लाख मोडर्ना खोप एकै खेपमा ल्याउँदा पनि व्यवस्थापन गर्न सकिने क्षमता छ । बालबालिकालाई खोप लगाउन सरकारले निर्णय गरेसँगै अभिभावकमा कौतुहलता र खोप लगाएपछि हुनसक्ने ‘साइड इफेक्ट’ का बारेमा अभिभावकले चासो राख्ने गरेका छन् ।

सो सन्दर्भमा शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका विशेषज्ञ डा। शेरबहादुर पुनले १२ देखि १५ वर्षका बालबालिकालाई खोप दिँदा शतप्रतिशत कोभिड–१९ प्रतिरोधी क्षमता विकास गरेको अनुसन्धानमा देखाएको बताउनुभयो ।

यस अघिका अनुभवमा खोप लगाएको ठाउँमा दुख्ने, थकान महसुस गर्ने, टाउको दुख्ने, जाडो लाग्नु÷काम्नु, मांसपेशी दुख्नु, ज्वरो आउनु, जोर्नी दुख्नुजस्ता समस्या बढी देखिएका छन् । यसमध्ये एउटा मुटुसम्बन्धी अति दुर्लभ समस्या पनि अनुसन्धानमा देखिएको डा। पुनले बताउनुभयो ।

उहाँका अनुसार दोस्रो डोज लगाएपछि देखिएको यो समस्यामा मुटुका मांसपेशी वा बाहिरी तह सुन्निएको थियो । यस्ता समस्या गम्भीर नभएका र उपचारपछि पूर्ण रूपमा निको भएका छन् । खोप लगाएपछि छाती दुख्ने, सास फेर्न गाह्रो हुने, छिटोछिटो मुटु चल्ने आदि समस्या देखिए तुरुन्त अस्पताल गई मुटुसँग सम्बन्धित जाँच गराइहाल्नु पर्ने उहाँको सुझाव छ । फाइजर खोपको दुई डोज तीन हप्ताको अन्तरालमा दिइने मन्त्रालयले जनाइएको छ । आजको गोरखापत्र दैनिकबाट

prabhu mahalaxmi
kumari